माओवादी केन्द्र कास्कीमा करण र रुपक खेमा रहेको पुष्टि : केन्द्रीय सदस्य करणको ख्याति खस्किदै

माओवादी केन्द्र कास्कीमा करण र रुपक खेमा रहेको पुष्टि : केन्द्रीय सदस्य करणको ख्याति खस्किदै


  • जन संचार
  • बिहिबार, २४ चैत्र २०७८
  • 9.3K
    Shares

अन्तत: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्कीमा केन्द्रीय सदस्यद्वय राजकाजी गुरुङ’करण’ र दीपक कोइराला’रुपक’का छुट्टाछुट्टै दुई खेमा रहेको पुष्टि भएको छ।

पोखरा महानगर कमिटिका लागि बिहिबार भएको मतदानका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) कास्कीमा केन्द्रीय सदस्यद्वय राजकाजी गुरुङ’करण’ र दीपक कोइराला’रुपक’का छुट्टाछुट्टै दुई खेमा रहेको पुष्टि भएको हो ।

पार्टी केन्द्रीय सदस्य एबम पोखरा महानगर कमिटि इन्चार्ज कोइरालाले गठन गरेको भनिएको कृष्ण गिरि ‘बिज्ञान’ अधय्क्ष रहेको महानगर कमिटिका बारेमा निर्णय गर्न भएको मतदानमा दुई खेमा रहेको प्रष्ट देखिएको हो।

गिरि नेतृत्वको पोखरा महानगर कमिटिबिरुद्ध असहमति जनाउदै गुरुङ नेतृत्वका ६० सदस्यले पार्टीको हेडक्वार्टरमा उजुरी गरेका बताइएको छ। ८३ सदस्यीय समितिमध्ये ६० जनाले उक्त कमिटि बिधि र बिधान विपरीत गठन भएको भन्दै पार्टीको हेडक्वार्टरमा उजुरी दिएको थियो।

गिरि नेतृत्वमा गठन भएको पोखरा महानगर समितिका बिरुद्ध गुरुङ खेमाबाट शिव लामिछानेको नेतृत्वमा अर्को समानान्तर समिति गठनको अन्तिम तयारी भएको थियो। पार्टीभित्रको अन्तर संघर्षका बीच पोखरा महानगर कमिटीमा समानान्तर समिति गठन हुने परिस्थिति सिर्जना भए पछि अध्यक्ष प्रचण्डले दुवै खेमाका नेतालाई छलफलका लागि काठमाण्डौ बोलाएका थिए।

समानान्तर समिति गठन गर्न बोलाइएको बैठक स्थगित गरेर केन्द्रीय सदस्य एबम कास्की जिल्ला पार्टी इन्चार्ज राजकाजी गुरुङ ‘करण तथा अर्का केन्द्रीय सदस्य एबम पोखरा महानगर कमिटि इन्चार्ज दीपक कोइराला ‘रुपक’ पार्टी केन्द्रीय कार्यालय काठमाण्डौ पुगेका थिए।

दुवै पक्षसंग छलफल पछि पार्टी अध्यक्ष प्रचण्डले दिएको निर्देशन अनुसार बिहिबार पोखरामा संयुक्त भेला आयोजना गरिएको थियो। भेलामा कोइराला पक्षधर भनिएका कृष्ण गिरि ‘बिज्ञान’को पक्षमा सहमति छ कि छैन भनेर मतदान गरिएको थियो।

मतदानमा जम्मा ७६ जनाले सहभागिता जनाएकोमा गिरीको कार्यसमितिप्रति असहमति जनाएका पार्टी केन्द्रीय सदस्य गुरुङ खेमाको पक्षमा ३८ मत खसेको पाइएको थियो भने पार्टी केन्द्रीय सदस्य कोइराला खेमाको पक्षधर गिरीको बिपक्षमा ३१ मत परेको थियो। सात जना नेताको मत भने बदर भएको थियो।

कृष्ण गिरि ‘बिज्ञान’ नेतृत्वको वर्तामान कार्यसमितिका बिपक्षमा बिहिबार बहुमत भएपछी शुक्रबार दिउसो नयाँ कार्यसमितिका लागि चुनाब हुने बताइएको छ।

बिहिबारको मतपरिणामले अझै पनि कास्की जिल्लामा पार्टी केन्द्रीय सदस्य एबम कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ केही शक्तिशाली भएको जस्तो देखिएको छ। तर पार्टी शान्ति प्रक्रियामा आएपछि बिगत १६ वर्ष देखि कास्की जिल्लामा एकछत्र राज गरिरहेका गुरुङ खेमाका पक्षमा खसेको मतले उनको लोकप्रियता कास्की जिल्लामा कमजोर हुँदै गएको देखिएको छ।

८३ सदस्यीय पोखरा महानगर समितिमा ६० जना सदस्य आफुहरुको पक्षमा रहेको दाबी गर्दै बिधि र बिधान बमोजिम भेलाको माग गरेको गुरुङ खेमाले जम्मा ३८ मत पाउनुलाई नेता राजकाजी गुरुङ ‘करण’ को ख्याति खस्किदै गएको रुपमा आकलन गरिएको छ।

एक त पार्टी एकचोटी बिघटन भएर फेरी पुनर्गठनको प्रक्रियामा आउदा निकै कमजोर भएको अवस्था त्यसमा पनि स्थानीय तहको चुनाबको मुखमा पार्टीभित्र रहेका गुटहरुको संस्थागत गर्ने प्रक्रियाले पार्टीको आसन्न स्थानीय तहो चुनाबमा पार्टीको हविगत कमजोर हुनेमा पार्टीका नेता-कार्यकर्ताहरु चिन्तित बनेका छन्।

प्रतिक्रिया