पत्रकार ऋषि धमलाले माफी मागे

पत्रकार ऋषि धमलाले माफी मागे


  • जन संचार
  • बिहिबार, २४ चैत्र २०७८
  • 6.1K
    Shares

ऋषि धमला

प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेकोमा पत्रकार ऋषि धमलाले माफी मागेका छन्।

प्रेस काउन्सिलले सोधेको २४ घन्टे स्पस्टीकरण पत्रको जवाफ दिदै पत्रकार धमलाले माफी मागेका हुन्।

आफ्नो प्रतिनिधि मार्फत निर्धारित समयमा नै लिखित स्पस्टीकरण पठाएका पत्रकार ऋषि धमलाले घटनाप्रति आत्मालोचना गर्दै “आइन्दा यस्तो गतिविधि नगर्ने” प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

स्पष्टीकरण पत्रमा धमलाले आफू “पत्रकार आचार संहितालाई लिएर प्रतिबद्ध रहेको” भन्दै ‘जनतालाई सुसूचित गर्न छिटो समाचार दिने क्रममा हतार गर्दा गल्ती हुन गएको’ बताएका छन् ।

धमलाले सुरुमा प्राइम टिभीको लेटर हेडमा हस्ताक्षर बिनाको स्पष्टीकरण प्रतिनिधिमार्फत पठाएका थिए । तर, काउन्सिलले हस्ताक्षर चाहिने बताएर फिर्ता गरिदिएको थियो । त्यसपछि फेरि हस्ताक्षरसहितको पत्र बुझाइएको छ ।

काउन्सिलले धमलासहित प्राइम टेलिभिजनका समाचार प्रमुखलाई पनि स्पष्टीकरण सोधेको थियो । उक्त टिभीबाट बारम्बार आचारसंहिता विपरीतका कार्यहरू भइरहेको प्रति ध्यानाकर्षण गराइएको थियो । समाचार प्रमुखले पनि जवाफ पठाएका छन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाबाट स्पष्टीकरणको जवाफ आएको पुष्टि गरे । अब काउन्सिलको आचारसंहिता अनुगमन समितिको बैठक बसेर स्पष्टीकरणको अध्ययन गरी आवश्यक निर्णय लिइने बताए ।

प्रतिक्रिया