सर्लाहीको सदरमुकाम मलंगवामा नुधबार साँझ एक जना भारतीय नागरिकको गोली हानि हत्या गरिएको छ।
भारत बिसनपुरका अन्दाजी ३५ वर्षका इन्दल कुमारलाई बुधबार साँझ ७ :४० बजेतिर मलगंवा नगरपालिका-९ मा गोली हानिएको प्रहरीले जानकारी दिएको छ। गोली हानि गम्भीर घाइते बनाइएका भारतीय नागरिक कुमारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
उनीमाथि भारतीय नागरिकले नै पेस्तोलबाट गोली हानिएको प्रहरीको दाबी छ। उनी आपराधिक पृष्ठभूमिकै रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले मृतकको मोवाइल फेला पारेको छ । जसमा उनको हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरु पठाइएका छन् ।