बिद्रोहीहरुको आक्रमणमा परेर कंगोमा नेपाली शान्ति सैनिक गुरुङको मृत्यु

बिद्रोहीहरुको आक्रमणमा परेर कंगोमा नेपाली शान्ति सैनिक गुरुङको मृत्यु


  • जन संचार
  • बुधबार, २३ चैत्र २०७८
  • 4.7K
    Shares

अनिल गुरुङ

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएका एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।

सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङको कंगोमा खटिएका बखत बिद्रोहीहरुको आक्रमणमा परेर मृत्यु भएको हो।

नेपाली शान्ति सैनिकले संचालन गरेको परेसन ‘बाली’को दौरानमा मंगलबार विद्रोहीको ‘अब्जेक्टिभ’ कब्जा गरी जमिन होल्ड गर्ने क्रममा बिद्रोही पक्षबाट हानिएको गोली लागेर घाइते भएका सैनिक जवान गुरुङको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाली सेनका अनुसार नेपाली शान्ति सैनिक टोलीले विद्रोहीको ‘अब्जेक्टिभ’ कब्जा गरी जमिन होल्ड गरेपछि अज्ञात स्थानबाट अचानक गरेको फायरबाट गुरुङ घाइते भएका थिए ।

प्रतिक्रिया