गत स्थानीय ठहको चुनाबमा मतपत्र च्यातेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन महत्वपूर्ण भूमिका खेलेका प्रकाश तामाङ नेकपा एमालेमा नै फर्किएका छन्। बुधबार नेकपा एमालेको चितवन जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा तामाङलाई एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवालीले स्वागत गरे।
गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा प्रचण्डपुत्री रेणु दाहाल र अहिलेका एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवालीबीच प्रतिष्पर्धा भएको थियो। २०७४ जेठ १४ गते राती ११ बजे भरतपुर वडा नं. १९ को मतगणना करीव अन्तिम चरणमा पुगेको थियो । वडा नं. २० को मात्रै मतगणना बाँकी थियो । वडा नं. १९ र २० कांग्रेसको मत बढि भएका वडा हुन् । वडा नं. १९ को मतगणना जारी हुँदा एमाले उम्मेदवार देवी ज्ञवाली सात सयभन्दा बढि मतले अगाडि थिए ।
देवी ज्ञवालीले सोचेभन्दा धेरै मत वडा नं. १९ मा पाएपछि माओवादी कांग्रेसले मतपत्र च्याँत्ने योजना बनाए । एमालेले वडा नं. १९ को जस्तैं मत वडा नं. २० मा पनि ल्याउने र चुनाव हार्ने निश्चित जस्तैं देखियो । सोहीकारण मध्यरातमा मतपत्र च्याँतेर प्रचण्ड पुत्रीलाई चुनाव जिताउने षडयन्त्र रचियो । पछि चुनाव गराएर देवी ज्ञवालीलाई हराइयो ।
कांग्रेस र माओवादीको गठवन्धनलाई मतपत्र च्याँत्ने अवस्थासम्म पुरयाउने उनै वडा नं. १९ का तत्कालिन वडाध्यक्षका एमाले उम्मेदवार प्रकाश तामाङ एमाले चोइटिएपछि माधव नेपालको एकीकृत समाजवादीतिर लागे । सामाजिक रुपमा अति नै क्रियाशील तामाङ बुधवार मात्रै एमाले पार्टी कार्यालय भरतपुरमा समाजवादी वडा कमिटीका अध्यक्ष किरण परियारसहित एमालेमा फकिए ।