अस्पताल बिक्रीको चर्चासंगै मणिपाल अस्पताल प्रशासनद्वारा कर्मचारीहरुका सेवा सुविधामा रोक

अस्पताल बिक्रीको चर्चासंगै मणिपाल अस्पताल प्रशासनद्वारा कर्मचारीहरुका सेवा सुविधामा रोक


  • जन संचार
  • बिहिबार, १७ चैत्र २०७८
  • 9K
    Shares

मणिपाल शिक्षण अस्पताल पोखरा

पोखराको मणिपाल शिक्षण अस्पताल बतास समुहले खरीद गरेको चर्चा चलिरहेका बेला अस्पताल प्रशासनले त्यहाँ कार्यरत कर्मचारीहरुको सेवा सुबिधा रोकेको समाचारहरु सार्वजनिक भएका छन्।

आफुहरुले लामो समयदेखि सेवा सुबिधा नपाएको भन्दै कर्मचारीहरुले अस्पताल प्रशासन भवनमा पुष २० गतेदेखि तालाबन्दी गरिरहेका छन्। तर अस्पताल प्रशासन न कर्मचारीहरुको माग सुनिरहेको छ, न अस्पताल प्रशासनमा लागेको ताला खुलाउन चासो नै देखिएको छ।

अस्पतालमा सक्रिय बिभिन्न संघ-संगठनले एक पत्रकार सम्मेलन गरेर अस्पताल प्रशासनले कर्मचारी पाउँदै आएको सुत्केरी बिदा, चार्डपर्व र किरिया बिदासमेत नदिएको आरोप लगाए।

अस्पताल प्रशासनले २०७४ सालमा कर्मचारी युनियनसँग गरेको सम्झौता अनुसार सेवा, सुविधा नदिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको मणिपाल कर्मचारी युनियन समन्वय समिति अध्यक्ष जीवनबहादुर थापाले बताए । ‘ठूलो संख्यामा कर्मचारी कटौती भएको छ । कामको लोड त छँदै छ, त्यसमाथि काम गरे अनुसारको तलब रोक्ने, सेवा, सुविधा कटौती गर्ने गरी दुःख दिइयो,’ थापाले भने ।

उनले अस्पतालले दसैं, तिहारमा सेवामा खटाएका कर्मचारीको पारिश्रमिकसमेत नदिएको सुनाए । सबैले घरमा चार्डपर्व मनाउँदा अस्पताल आएर सेवा दिने कर्मचारीको अतिरिक्त पारिश्रमिकसमेत काटिएको उनले आरोप लगाए ।

विद्यमान ऐन-कानून विपरीत मणिपाल शिक्षण अस्पताल पोखराको नयाँ व्यापारिक समूह बतास समुहले खरीद गरेको भन्दै सर्वत्र बिरोध भैरहेको छ। बतास समुहले त्यस अस्पताल खरीद गरेको चर्चा चले पनि हालसम्म हस्तान्तरण भने भएको छैन। त्यति मात्र हैन अस्पताल खरीद बिक्री सम्बन्धि सम्झौता पत्र समेत सार्वजनिक भएको छैन

प्रतिक्रिया