चुनाब उपयोग गर्ने महासचिव बिप्लवको प्रस्ताब विफल भए पनि नेपाल कम्युनिष्ट पार्टीले आसन्न स्थानीय तहको चुनाबमा देशभक्त क्रान्तिकारी, प्रगतिशील तथा एमसिसि सम्झौताविरुद्धको स्वतन्त्र उमेरद्वारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
कपिलवस्तुमा आइतबार सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको १२ औं पूर्ण बैठकले आसन्न स्थानीय तहको चुनाबमा देशभक्त क्रान्तिकारी, प्रगतिशील तथा एमसिसि सम्झौताविरुद्धको स्वतन्त्र उमेरद्वारलाई सहयोग गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पूर्णजित पुन ‘उभार’ले अघिल्ला चुनाबमा सशक्त र सशस्त्र बहिष्कार गरेका नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले आसन्न स्थानीय तहको चुनाबमा देशभक्त क्रान्तिकारी, प्रगतिशील तथा एमसिसि सम्झौताविरुद्धको स्वतन्त्र उमेरद्वारलाई सहयोग गर्दै दलाल संसदिय ब्यबस्थाको भन्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।
नेता उभारले दिएको जानकारी अनुसार, पार्टीको भन्डाफोर अभियानका क्रमामा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले “दलाल संसदिय ब्यबस्था कि वैज्ञानिक समाजवाद ?” भनेर निर्णय गर्न जनमत संग्रह गर्नुपर्ने आवाजलाई बुलन्द गर्नेछन भने उनीहरुले एमसीसी सम्झौता जस्ता राष्ट्रघाती सम्झौताहरुको निरन्तर प्रतिरोध गरिरहने छन्। त्यस्तै भ्रस्टाचार, महङ्गी र जनघातका विरुद्धको संघर्षलाई पनि चर्काउने निर्णय नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले गरेको छ।
केन्द्रीय सदस्य उभारले जनसंचार डट कमसंग कुरा गर्दै पार्टीले जित्न सक्ने सम्भावना भएका स्थानहरुको पहिचान गरेर स्वतन्त्र उम्मेदवार दिने जानकारी दिए।
पार्टी सचिवालय सदस्य एबम महासचिव बिप्लवले अघि सारेको चुनाब उपयोगको प्रस्तावका खरो बिरोधी ठानिएका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ले पार्टीका तर्फबाट आधिकारिक रुपमा उम्मेद्वारी दिने अवस्था नरहेको अवस्थामा स्वतन्त्र उम्मेद्वारी दिने पार्टीका नेता-कार्यकर्तालाई अनुशासनको कारबाही नगरिने निर्णय भएको बताए। उनले आसन्न स्थानीय तहको चुनावलाई उपयोग नै गर्ने पार्टी महासचिवको प्रस्तावलाई फिर्ता लिन बाध्य पारिएको जिकिर गर्दै “पार्टी चुनाब बिरोधी हैन, दलाल संसदीय ब्यबस्था बिरोधी शक्ति हो भनेर स्थापित गर्न खोजिएको स्पस्ट पारे।
चैत ४ गतेदेखि कपिलवस्तुमा शुरु भएको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा महासचिव बिप्लवले ‘आसन्न स्थानीय तहको चुनाब उपयोग गर्नुपर्ने’ राजनीतिक प्रस्ताव आएपछि नेपाली राजनीतिक वृत्तमा चर्को टिकाटिप्पणी भएको थियो भने पार्टीकै केन्द्रीय समितिका बहुमत सदस्यहरुले पार्टी महासचिवले चुनाब उपयोग नीति फिर्ता लिनुपर्ने भन्दो चर्को बिरोध भएको थियो। पार्टीको सचिवालय बैठक रोकेर केन्द्रीय सदयाहरुसंग परामर्श गरी आफ्नो पक्षमा ल्याउने प्रयास विफल भएपछी उनी आफ्नो प्रस्ताव फ़िएर्त लिन बाध्य भएका थिए। तर उनले आफ्नो प्रस्तावलाई अप्रत्यक्ष रुपमा पारित गराएका छन्।
त्यसो त पार्टी निर्वाचन आयोगमा दर्ता नभएको अवस्थामा त्यस पार्टीले प्रत्यक्ष रुपमा आसन्न स्थानीय तहको चुनाबमा सहभागी हुने अवस्था नै थिएन। चुनाब उपयोग बिरोधी बहुमत सदस्यहरुलाई उनले अल्मल्याउदै आफ्नो प्रस्तावलाई केन्द्रीय समिति बैठकबाट पारित गराउन सफल भएका छन्। पार्टी केन्द्रीय समिति बैठकले स्वतन्त्र उम्मेदवार हुने पार्टीका नेता-कार्यकर्ताहरुलाई अनुशासनको कारबाही नगर्ने निर्णय गरेर महासचिव बिप्लवको प्रस्तावलाई अप्रत्यक्ष रुपमा अनुमोदन गरेको छ।
आफ्नो पार्टीका उम्मेदवार जित्न सक्ने ठाउँमा नेपाल कम्युनिष्ट पार्टीले स्वतन्त्र उम्मेद्वा उठाउने र त्यसपछि जनताको कस्तो प्रतिक्रिया र परिणाम कस्तो आउँछ ? त्यही हेरेर आसन्न चुनाब पछि सम्भवत: जेठमा अर्को केन्द्रीय समिति बैठक बसेर भदौदेखि मंसीरभित्र पार्टीको महाधिबेशन गर्ने निर्णय गर्ने प्राप्त समाचारमा जनाइएको छ।
