आफ्नो पार्टीका प्रमुख सचेतक साहलाई सुनियोजित तरीकाले आक्रमण गरेको भन्दै डा. भट्टराईले एकाबिहानै गरे कारबाहीको माग

आफ्नो पार्टीका प्रमुख सचेतक साहलाई सुनियोजित तरीकाले आक्रमण गरेको भन्दै डा. भट्टराईले एकाबिहानै गरे कारबाहीको माग


  • जन संचार
  • सोमबार, १४ चैत्र २०७८
  • 5.6K
    Shares

आफ्नो पार्टीका प्रमुख सचेतक प्रमोद साहलाई सुनियोजित तरीकाले आक्रमण गरिएको भन्दै जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

डा. भट्टराईले आज एकाबिहानै सामाजिक संजालमा आफ्नो स्टाटस राख्दै जसपा संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई आक्रमण गर्ने दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।  घाइते सांसद साहलाई अस्पतालमा गएर भेटेको फोटो सामाजिक संजालमा राख्दै उनले सर्लाहीमा आफ्ना पार्टीका प्रमुख सचेतक साहमाथि भएको सांघातिक आक्रमणको भिडियो फुटेज  हेर्दा “आक्रमण सुनियोजित देखिन्छ।” भनेका छन्।  उनले घटनाको निष्पक्ष छानवीन गरेर  अपराधीहरूमाथि कडा कार्वाही गर्न पनि सामाजिक संजालमार्फत माग गरेका छन्।  साथै उनले अस्पतालमा उपचाररत घाइते साहको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

जसपा प्रमुख सचेतक प्रमोद साह स्थानीयबाट कुटिए, यस्तो छ कारण

प्रतिक्रिया