चीनद्वारा भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको विरोध : बीआरआई परियोजना कार्यान्वयनमा लैजान नेपाली नेताहरुको जोड

चीनद्वारा भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको विरोध : बीआरआई परियोजना कार्यान्वयनमा लैजान नेपाली नेताहरुको जोड


  • जन संचार
  • आइतबार, १३ चैत्र २०७८
  • 4K
    Shares

विभिन्न बहाना र छलकपट गरेर एमसीसी परियोजना संसदबाट पारित गरेका नेपालका शिर्षस्थ भनिएका नेताहरुले चिनियाँ विदेश मन्त्रि वाङ यीलाई चीनद्वारा अघि सारिएको बीआरआई परियोजना कार्यान्वयनमा लैजान आग्रह गरेका छन्।

काठमाण्डौको नक्सालस्थित होटल मेरियट आज बिहान चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट गरेका पुर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड”ले चिनियाँ विदेश मन्त्रि वाङ यीसंग बीआरआई परियोजना कार्यान्वयनमा लैजान आग्रह गरेका हुन्।

चिनियाँ विदेश मन्त्री वाङ यीसंगको भेटमा एमाले अध्यक्ष ओलीले बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटोभन्दा छिटो अगाडि बढाउन आग्रह गरेका एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

भेटपछि भट्टराईले पत्रकारहरुलाई दिएको जानकारी अनुसार पूर्वप्रधानमन्त्री ओलीले बीआरआईसँग परियोजनाभित्र पर्ने सडक, रेल, सिंचाइ, जलविद्युत, सीमा नाका, स्वास्थ्य र शिक्षाका आयोजनालाई छिटो अगाडि बढाइदिंदा समृद्ध नेपाल सुखी नेपाली बनाउने आकांक्षा पूर्तिमा थप योगदान पुग्ने बताएका थिए ।

भेटमा ओलीले बन्द रहेका नाका खुलाउन र कोभिडका कारण नेपालमा आएका विद्यार्थीहरुलाई चीन फर्किएर अध्ययन पूरा गर्ने वातावरण मिलाउन पनि आग्रह गरेका थिए । हुम्ला पारि करिब ५ सय नेपालीहरु रोकिएको सुनेको बताउँदै भट्टराईले यदि त्यो कुरा सत्य हो भने उनीहरुलाई छिटो ल्याउने वातावरण मिलाइदिन पनि आग्रह गरेको जानकारी दिए ।

चिनियाँ विदेशमन्त्रीले तत्कालीन र दीर्घकालीन योजनाहरु छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान चीन प्रतिबद्ध रहेको भनेको पनि भट्टराईले जानकारी दिए ।

कोभिड महामारीको बेला चीनले स्वास्थ्य उपकरण र खोप सहयोग गरेकोप्रति पनि ओलीले आभार व्यक्त गरेका थिए ।

यसै गरी पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटमा डुवै पक्ष बीआरआई लगायतका परियोजना कार्यान्वयनमा लैजाने विषयमा सकारात्मक छलफल भएको छ ।

माओवादी केन्द्रका नेता शक्ति बस्नेतले भेटका क्रममा ‘दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धबारे चर्चा गरिनुका साथै “बीआरआई लगायतका परियोजना अघि बढाउने र व्यपार घाटा कम गर्नेबारे चर्चा भएको ” बताए।

त्यसक्रममा चिनियाँ पक्षले नेपालका सवै राजनीतिक पार्टीसँगको सम्बन्ध सुदृढ हुँदै गएको बताएका थिए । त्यसक्रममा माओवादी नेतृत्वले आफ्नो तर्फबाट नेपाली भूमी चीन विरोधी गतिविधिमा संलग्न हुन नदिन पहल गर्ने विश्वास दिलाएको थियो ।

तीन दिने नेपाल भ्रमणमा आएका यीले यसअघि आइतरबा नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

यता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको विरोध गर्ने बताएका छन् । नेपाली समकक्षी नारायण खड्कासँगको भेटमा विदेश मन्त्री वाङले नेपालको मामिला नेपालीहरुले नै तय गर्नुपर्ने बताए ।

‘नेपालको सम्प्रभुता र स्वतन्त्रता कमजोर पार्ने, अन्तरिम मामिलामा हस्तक्षेप गर्ने र देशमा भू–राजनीतिक खेलमा सामेल गराउने कुनै पनि प्रयासको चीन विरोध गर्छ,’ यीको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।

चीनले नेपालको आन्तरिक परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिस्थितिले दुई देशको सम्बन्धमा कुनै असर नपर्ने भन्दै यीले भने, ‘दुई देशबिचको सम्बन्ध दुवै देशका नेताले तय गरेको दिशामा अघि बढ्छ ।’

नेपालको राष्ट्रिय परिस्थिति अनुकुल विकास गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउँदै यीले नेपालका सबै राजनीतिक दललाई जनताको आधारभुत र दीर्घकालीत हितका लागि सामुहिक छलफल र परामर्शमा प्रेरित गर्ने बताए ।

चीनले नेपाललाई स्वतन्त्र रुपमा आन्तिरक तथा परराष्ट्र नीतिहरू अवलम्बन गर्न सहयोग गरेको बताउँदै उनले चीनले आकारमा जस्तोसुकै भए पनि सबै देशहरू समान रहेकोले सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने बताए ।

प्रतिक्रिया