भारत हुँदै नेपाल आइपुगे चिनियाँ विदेश मन्त्री वाङ यी : यस्तो छ भ्रमण कार्यतालिका

भारत हुँदै नेपाल आइपुगे चिनियाँ विदेश मन्त्री वाङ यी : यस्तो छ भ्रमण कार्यतालिका


  • जन संचार
  • शुक्रबार, ११ चैत्र २०७८
  • 4.3K
    Shares

चिनियाँ विदेश मन्त्री वाङ यी

तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ भारतको बाटो हुँदै काठमाडौं आइपुगेका छन् ।

२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौंस्थित त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल गएका छन् । द्वारिका होटेलमा केहीबेर आराम गरेर बालुवाटारस्थित चिनियाँ दूतावास पुगेर ब्रिफिङ लिनेछन्। आजका लागि वाङको कुनै औपचारिक भेटघाट तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्।

शनिबार बिहान साढे ६ बजे उनी शिवपुरीमा हाइकिङ जाने छन् । त्यस्पछिं चिनियाँ विदेश मन्त्री वाङले शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटघाट गर्नेछन् । त्यसक्रममा विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

काठमाडौं ओर्लिएको तेस्रो दिन आइतबार बिहान वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट गर्नेछन्। राष्ट्रपतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको छ। पूर्वप्रधानमन्त्रीद्वयसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको बताइएको छ। त्यसपछि वाङ होटल द्वारिकाज जाने र त्यहीँबाट स्वदेश फर्कने कार्यतालिका छ।

वाङको सुरक्षामा नेपाल प्रहरीको विशेष टोली तैनाथ गरिएको छ। बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले चिनियाँ विदेशमन्त्री यीको सुरक्षामा विशेष टोली तैनाथ गर्न निर्देशन दिएको थियो। भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिनेछ।

वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।

सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै नेपाल आएका हुन्। नेपालस्थित चिनियाँ दूतावास स्रोतकाअनुसार विदेशमन्त्री वाङले आज साँझ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनेछन् ।

प्रतिक्रिया