नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सभापति देउबाबिरुद्ध कोइराला समुहको बिरोध प्रदर्शन

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सभापति देउबाबिरुद्ध कोइराला समुहको बिरोध प्रदर्शन


  • जन संचार
  • शुक्रबार, ११ चैत्र २०७८
  • 3.5K
    Shares

नेपाली कांग्रेसमा बिरोध प्रदर्शन

आसन्न स्थानीय तहको चुनाबमा गठबन्धन दलसंग तालमेल गर्ने कि नगर्ने भन्ने बिषयमा निर्क्योल गर्ने आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। त्यही बैठकमा सहभागी हुन आउने पार्टी सभापति एबम प्रधानमन्त्री शर बहादुर देउबालाई लक्ष्यित गरेर कांग्रेसको कोइराला पक्षले पार्टीको केन्द्रीय कार्यालय अगाडी बिरोध प्रदर्शन गरिरहेका छन्।

नेविसंघ र नेपाल तरुण दल लगायत भात्री संगठनहरुमा आफूहरुसंग परामर्श नगरी एकतर्फी रुपमा सभापति देउबाले नेतृत्वको नियुक्ति गर्न लागेको भन्दै आक्रोशित बनेको कांग्रेसभित्रको शेखर कोइराला समुहका नेता तथा कार्यकर्ताहरुले सभापति देउबाबिरुद्ध नाराबाजी गरिरहेका छन्।

यसैबीच प्राप्त जानकारी अनुसार, आज बस्ने भनिएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय तह निर्वाचन लक्षित ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुनुका साथै स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन गरिने र चुनावी तालमेलबारे पनि छलफल हुने मुख्य चिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया