उपचारका क्रममा महिलाको मृत्यु भएपछि खुल्यो नक्कली डाक्टरको रहस्य : दुई वर्षपछि पक्राउ

उपचारका क्रममा महिलाको मृत्यु भएपछि खुल्यो नक्कली डाक्टरको रहस्य : दुई वर्षपछि पक्राउ


  • जन संचार
  • शुक्रबार, ११ चैत्र २०७८
  • 6.3K
    Shares

नक्कली डाक्टर भनेर पहिचान भएको दुई वर्ष पछि महोत्तरीबाट एक जना पक्राउ परेका छन्।

महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।

करीब दुई वर्ष अघि महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उखेल्दा मृत्यु भए पछि उनका आफन्तले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए। चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए । आफू बिरुद्ध उजुरी परे पछि महतो फरार रहेका थिए।

महतो बिरुद्ध उजुरी परे पछि छानबिन शुरु गरेको प्रहरीले उनी नक्कली डाक्टर रहेको पत्ता लगाएको थियो। उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि महतो दुई वर्ष देखि फरार थिए।

चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका पीडितको आरोप छ । दात उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँदा रानी सिंहलाई जनकपुर लगिएको थियो । प्रादेशिक अस्पताल जनकपुरमा अत्याधिक रक्तस्रावकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।

प्रतिक्रिया