देउबाले तरुण दल र नेविसंघमा अध्यक्ष नियुक्त गरेपछि कोइराला समुहद्वारा बिरोध

देउबाले तरुण दल र नेविसंघमा अध्यक्ष नियुक्त गरेपछि कोइराला समुहद्वारा बिरोध


  • जन संचार
  • बुधबार, ९ चैत्र २०७८
  • 4.7K
    Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दलमा बिद्वान गुरुङ र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष दुजाङ शेर्पालाई नियुक्त गरे पछि बरिष्ठ नेता शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री समेत रहेका देउबाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार भन्दै नेविसंघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका थिए। तदर्थ समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्नेछ ।

यसैबीच नेपाली कांग्रे‍सको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा सभापति शेरबहादुर देउवाले परामर्श नगरेकोप्रति डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।

नेता शेखर पक्षको काठमाण्डौको कमलपोखरीमा बसेको बैठकले मनोनित व्यक्तिप्रति आपत्ति नरहेपनि विना परामर्श चयन गरेकोमा असन्तुष्टि व्यक्त गरेको हो ।

‘भ्रातृ संस्थाको नेतृत्व चयन गर्दा सभापतिले परामर्श गर्ने भनि कार्यसम्पादन समितिमा निर्णय भएको हो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘को व्यक्ति चयन भयो भन्नेमा हाम्रो आपत्ति छैन । पार्टीमा परामर्श नै नगरि मनोनित गरेकोमा सबैको असन्तुष्टि रहेको छ ।’

प्रतिक्रिया