पूर्व सभामुख एबम माओवादी केन्द्रका प्रवक्ता महराका स्वकीय सचिव प्रमोद शर्माद्वारा पार्टी परित्यागको घोषणा

पूर्व सभामुख एबम माओवादी केन्द्रका प्रवक्ता महराका स्वकीय सचिव प्रमोद शर्माद्वारा पार्टी परित्यागको घोषणा


  • जन संचार
  • मंगलबार, ८ चैत्र २०७८
  • 4.2K
    Shares

पूर्व सभामुख एबम नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले आज एकाबिहानै सामाजिक संजाल फेसबुकमा एक स्टाटस राखेर पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।’ उनले अबदेखि एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने बताएका छन् ।


सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा उनले असन्तुष्टि जनाएका थिए। उनी लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकांक्षी थिए । तर उनी प्रदेश कमिटीमा नपरेपछि असन्तुष्ट थिए ।

उनले माओवादी त्यागेको घोषणा गरेपछि माओवादी वृतमा हलचल पैदा भएको छ । शर्मा महरा पछिल्लोपटक सांसद भएसँगै उनको स्वकीय सचिव रहँदै आएका थिए ।

उनी माओवादी वृतमा भद्र र शालीन नेताका रूपमा परिचित छन् । उनका जेठा दाइले माओवादी युद्धमा ज्यान गुमाएका थिए । उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् ।

डेरी व्यवसाय गरेर बसेकी उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएका थियो । तर, उनी पराजित भएकी थिइन् ।

प्रतिक्रिया