विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने तयारीमा

विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने तयारीमा


  • जन संचार
  • आइतबार, ६ चैत्र २०७८
  • 6.7K
    Shares

बैकल्पिक सह्क्ति निर्माण गर्ने भन्दै अभियान संचालन गरिरहेका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने तयारीमा लागेका छन् । आफूले नेतृत्व गरेको पार्टी छिन्नभिन्न हुन लागेपछि मिश्र भने राप्रपामा प्रवेश गर्ने तयारीमा लागेका हुन् ।

पछिल्लो समय पार्टीभित्रकै मिलन पाण्डेसंग बिबाद चर्किदै गएपछि मिश्रले पाण्डे पक्षका २६ जना केन्द्रीय सदस्यलाई कारबाही गरेका थिए। लगत्तै, पाण्डे समूहले उक्त कारबाहीको कुनै औचित्य नभएको प्रष्ट पारेको थियो। पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले बिज्ञप्ति जारी गरेर उक्त कारबाहीलाई कायरताको पराकाष्ठा भनेका थिए ।

पाण्डे समूहले मिश्रलाई महाधिवेशनबाट भागेको आरोप लगाउँदै आएको छ । मिश्रले भने विचारभन्दा माथि देश भन्दै आफ्नो दस्तावेज सार्वजनिक गरेका थिए। उनको उक्त प्रस्तावसँगै नेपाली राजनीति तरंगित बनेको थियो । मिश्रले वैकल्पिक राजनीतिको कुरा गरेपनि आखिरमा पूरातनवादी सोच बोकेर हिँडेको उनकै पार्टीका नेता तथा कार्यकर्ताहरुले आरोप लगाउँदै आएका छन् ।

उता, राजसंस्थाको माग गर्दै राजनीति गरिरहेको राप्रपाका नेताहरुले भने मिश्रसँग एकताको लागि गृहकार्य गरेको पाईएको छ। अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि लिङ्देन र मिश्रबीच भेटवार्ता भएको थियो । अहिले मिश्र राप्रपामा प्रवेश गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । विश्वस्त सूत्रका अनुसार मिश्र यही चैत्रभित्रै राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । यसको लागि अहिले उनी र राप्रपा नेतृत्व तहमा छलफल भैरहेको छ । उता, रञ्जु दर्शना भने एमालेमा जाने बुझिएको छ।

प्रतिक्रिया