चौतर्फी बिरोध पछि प्रकाश सपुतको गीत ‘पिर’ युट्युबबाट हटाइयो

चौतर्फी बिरोध पछि प्रकाश सपुतको गीत ‘पिर’ युट्युबबाट हटाइयो


  • जन संचार
  • आइतबार, ६ चैत्र २०७८
  • 3.8K
    Shares

पीर

चौतर्फी बिरोध भएपछी गायक प्रकाश सपुतले विवादित दृश्य सम्पादन गरेर आफ्नो गीत ‘पिर’ लाई फेरी अपलोड गरेका छन्।

यस अघि युट्युबमा राखिएको गीत “पिर”मा पुलमाथि यौनकर्मीको भूमिकामा देखिएकी तात्कालिन माओवादी छापामारको दृश्य हटाएर गायक प्रकाश सपुतले आफ्नो गीत ‘पिर’ लाई फेरी शनिबार साँझ अपलोड गरेका हुन । दृश्य सम्पादनमा करिब १ मिनेटको भिडियो काटिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको चौतर्फी विरोध गर्दै दबाब र विज्ञप्ति नै लेखेर युट्युबबाट गीत हटाउन चेतावनी दिएका थिए। अद्यापि उनले त्यस दबाब र चेतावनीलाई बेवास्ता गर्दै आएका थिए।

एक सातासम्म माओवादी नेता तथा कार्यकर्ताको दबाबलाई बेवास्ता गरेका सपुतले शनिबार साँझ दृश्य सम्पादन गरेर पुनः भिडियो अपलोड गरेका हुन् ।

उक्त गीत शनिबार साँझसम्म एक सातामै एक करोड ४ लाखभन्दा बढी दर्शकले युट्युबमा हेरेका थिए।

प्रतिक्रिया