यातायात कार्यालय पोखराका तीनजना पूर्व निमित्त कार्यालय प्रमुख लगायत नौ जनाको जागीर चट

यातायात कार्यालय पोखराका तीनजना पूर्व निमित्त कार्यालय प्रमुख लगायत नौ जनाको जागीर चट


  • जन संचार
  • शनिबार, ५ चैत्र २०७८
  • 49.9K
    Shares

यातायात ब्यबस्था कार्यालय, लाइसेन्स, गण्डकी

पोखरास्थित यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्रका तात्कालिन तीन जना निमित्त कार्यालय प्रमुखहरु लगायत नौ जनाको जागीर चट् भएको छ।  

अनियमित तरीकाले सवारी चालक अनुमति पत्र वितरण गरेको भन्दै आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरास्थित यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्रका तात्कालिन तीन जना निमित्त कार्यालय प्रमुखहरु लगायत नौ जनाबिरुद्ध बिशेष अदालतमा भ्रस्टाचार मुद्दा दर्ता गरेपछि उनीहरुको जागीर चट् भएको हो ।  

जागीर चट् भएका यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्रका तात्कालिन निमित्त कार्यालय प्रमुखहरुमा गोकुल शर्मा पौडेल, हरिप्रसाद गौतम, भरत प्रसाद काफ्ले रहेका छन्।  त्यसै गरी सोही कार्यालयका तात्कालिन अधिकृतस्तर आठौं तह भरतमणि बराल, सातौं तह  प्रेम प्रसाद श्रेष्ठ, छैठौं तह डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल र कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी को पनि जागीर चट भएको अख्तियारले जनाएको छ।  

यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसमेत नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले परीक्षाको परिणाम फेरबदल गरी अनियमिता गरेको आरोपसहित अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०७५ मंसिर, २०७६ कार्तिक र मंसिरमा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरु दोषी पाइएको अख्तियारले जनाएको छ ।

उनीहरुले प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका एकसय ६६ जना परीक्षार्थीहरुको पास गराएको तथा दुई जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरुलाई फेल गराई जम्मा एकसय ६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको अख्तियारले जनाएको छ ।

निमित्त कार्यालय प्रमुखसमेतले संलग्न कर्मचारीहरुलाई कुनै प्रकारको विभागीय कारबाही गरेको नदेखिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफा बमोजिमको अधिकतम सजायको मागदाबी लिई मुद्दा दायर गरिएको हो ।

===================
यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की, गण्डकी प्रदेश, पोखरामा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र हरिप्रसाद गौतमसमेत ९ जना उपर परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र यातायत व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखराबाट मिति २०७५ मंसिर, २०७६ साल कार्तिक र मंसिरमा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायत व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, गण्डकी , पोखरामा मिति २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामध्येबाट विभिन्न मितिमा संचालन भएको विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरवदल गर्ने कार्यमा संलग्न तत्कालीन समयमा यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की, गण्डकी प्रदेश, पोखरामा कार्यरत निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल, हाल भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखराका शाखा अधिकृत तथा तत्कालीन समयमा यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की, गण्डकी प्रदेश पोखरामा कार्यरत शाखा अधिकृत हरिप्रसाद गौतम, तत्कालीन समयमा यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखरामा कार्यरत अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेम प्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालसमेतले मिति २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरुमध्ये १६६ जना परीक्षार्थीहरुको Electronic Driving Licence Vehicle Register System मा Result Update तथा Result Approve गर्ने क्रममा पास गरे गराएको तथा २ जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरुलाई Result Update गर्दा फेल गरी गराई जम्मा १६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको साथै प्रयोगात्मक (ट्रायल) परीक्षामा खटिने निरीक्षकहरुले हस्ताक्षरसहित पेश गरेको नतिजा सूची (चेक लिष्ट)Trial Test Schedule Report उपलब्ध गराई सोही नतिजाको आधारमा Trial Test Update र Approve हुनुपर्नेमा सो विपरीत हुनेगरी फेल तथा अनुपस्थित रहेका परीक्षार्थीहरुलाई पास र पास भएका परीक्षार्थीहरु फेल गरी गराई परीक्षाको परिणाम फेरबदल गर्दासमेत निज निमित्त कार्यालय प्रमुखसमेतले संलग्न कर्मचारीहरुलाई कुनै प्रकारको विभागीय कारवाही गरेको नदेखिएको हुँदा निजहरु निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र हरिप्रसाद गौतमसमेत, भरतराज काफ्ले, प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बरालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफा बमोजिमको अधिकतम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Now

प्रतिक्रिया