सम्भावित भावी आईजीपीका दाबेदारहरुको बढुवा

सम्भावित भावी आईजीपीका दाबेदारहरुको बढुवा


  • जन संचार
  • बुधबार, २ चैत्र २०७८
  • 5K
    Shares

आसन्न स्थानीय तहको चुनाब अगाबै नेपाल प्रहरीले नयाँ नेतृत्व पाउदैछ। त्यही नेतृत्वमा पर्न सक्ने गरी सरकारले तीन जना डीआईजीलाई एडीआईजीमा बढुवा सिफारिश गरेको छ।

गृह मन्त्रालय मातहतको ले नेपाल प्रहरीको भावी प्रमुखको रुपमा हेरिएका प्रहरी नायब महानिरीक्षक (डिआइजी)त्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र वीन्द्रबहादुर धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्न मंगलबार सिफारिस गरेको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले तीन जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत वसन्तकुमार पन्त, केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् धिरजप्रताप सिंह र प्रधान कार्यालय, कार्य विभागमा कार्यरत् रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

त्यसो त हाल नै एआइजी पदमा कार्यरत विश्वराज पोखरेल र सहकुलबहादुर थापा मध्येबाट प्रहरी प्रमुख हुनु पर्ने हो। उनीहरू स्वाभाविक रूपमा भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा छन्। प्रहरी नियमावलीमा सरकारले उपयुक्त ठानिएको वरिष्ठतम् एआइजी वा उक्त ब्याचको जसलाई पनि महानिरीक्षक बन्ने ढोका खुला भएका कारण प्रतिस्पर्धा हुने ठानिएको छ।

प्रधानमन्त्री देउवाले पोखरेल र थापालाई नरूचाएका कारण दरबन्दी थपबाट आएका व्यक्तिमध्ये एकलाई प्रहरी महानिरीक्षकको उम्मेदवार बनाउन खोजिएको बुझिएको छ। अहिले एआइजी बढुवामा समावेश भएका सिंह पोखरेल र थापाको चुनौती बन्नेछन्।

बालुवाटार स्रोतका अनुसार पोखरेल र थापाको विकल्पमा तेस्रो व्यक्तिको खोजी भएकै कारण अहिले एआइजी दरबन्दी थपिएको हो।

अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, एआइजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाहीले २०७९ वैशाख १९ मा अवकाश पाउँदैछन्।

उनीहरूको अवकाशपछि एआइजी पोखरेल, थापासँगै अहिले बढुवा भएका एआइजीहरूबीच प्रहरी महानिरीक्षकको प्रतिस्पर्धा रहने छ।

प्रतिक्रिया