बिशेष गरेर सत्तारुढ गठबन्धनका बिरुद्ध आगो ओकल्दै आएका नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अब पार्टीभित्रै रहेका र बिगतमा आफुलाई प्रधानमन्त्री पदबाट हटाउन सक्रिय नेताहरु प्रति आक्रामक हुन शुरु गरेका छन्।
अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा ओली बिगतमा आफुलाई प्रधानमन्त्री पदबाट हटाउन सक्रिय र हाल पार्टीभित्रै रहेका नेताहरुप्रति आक्रामक देखिए। त्यस कार्यक्रममा ओलीले आफ्नै पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल कम्युनिस्ट नै नभएको टिप्पणी गरे । नेता भुसाललाई नाम मात्रको कम्युनिस्ट भएको आरोप लगाउदै अगाडी भने, “‘कम्युनिस्ट मिल्ने कि समाप्त हुने ? कस्लाई भनेको ?’
ओलीले घनश्याम भुसालको आज प्रकाशित कम्युनिस्ट पार्टीको भविष्यः एकता कि सत्यानाश शिर्षकको लेखतर्फ संकेत गर्दै भने,‘प्रतििक्रयावादीलाई भोट हाल्न पछिल्लो ढोकाबाट जाने कम्युनिस्ट हुन्छन् ? यस्ता पनि कम्युनिस्ट हुन्छन् ?’
नेता भुसाललाई “कम्युनिस्ट मिल्नुपर्छ भनेर कस्लाई भनेको ?” भनेर प्रश्न गर्दै अघि थपे,‘मोहन वैद्यलाई भनेको कि माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई भनेको ?’ उनले एमालेलाई जिस्क्याउने कुरा नगर्न पनि कडा चेतावनी दिए ।