हालै संसदबाट पारित भएको एमसीसी सम्झौताको चर्को बिरोध गरेकोमा नेकपा एमालेका नेता भिम रावालाबिरुद्ध प्रधानमन्त्री शेर बहादुर देउबा खनिएका छन्। नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न त्यहाँ पुगेका देउवा एमसीसी सम्झौताको चर्को बिरोध गर्दै आएका नेकपा एमालेका नेता भिम रावालाबिरुद्ध खनिएका हुन्।
@thakuri_mailo एमसीसीको बिरोध गरेकोमा प्रम देउवाद्वारा एमाले नेता भिम रावलबिरुद्ध आक्रोश #एमसीसी @officell_bhimrawal8100
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेकोप्रति नेता रावलबिरुद्ध खनिएका प्रम देउबाले आफु सरकारमा हुँदा मन्त्रिपरिषद बैठकले पारित गरेर अनुमोदनका लागि संसदमा पेश गर्दा किन बिरोध नगरेको भन्दै रावलबिरुद्ध आक्रोश पोखे। उनले रावललाई प्रसं गर्दै प्रम देउबाले अघि भने, “’अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो।’
संसदबाट एमसीसी सम्झौता पारित गराउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित हुँदा मन्त्री रहेका एमाले नेता रावलले मन्त्री पदबाट राजिनामा दिनुपर्ने थियो भन्दै प्रम देउबाले अघि थपे, ” ‘एमसीसीको सबैभन्दा बढी खिलाफमा भीम रावल हुनुहुन्छ। त्यसबेला भीम रावलको दिमाग खुस्किएको थियो ? अहिले बोल्न लाज छैन ?’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको बताउँदै देउवाले भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’