छिमेकी भएकैकारण अपहरण मुद्दामा उन्मुक्ति पाएका युवाद्वारा फेरि १६ महिनाकी बालिकाको वलात्कार पछि हत्या

छिमेकी भएकैकारण अपहरण मुद्दामा उन्मुक्ति पाएका युवाद्वारा फेरि १६ महिनाकी बालिकाको वलात्कार पछि हत्या


  • जन संचार
  • सोमबार, ३० फाल्गुन २०७८
  • 5.1K
    Shares

अपहरण मुद्दामा छिमेकी भएकै कारण उन्मुक्ति दिइएका एक युवाले मोरङमा तीन महिना पछि फेरी अर्को छिमेकी १६ महिने बालिकालाई अपहरण गरेर वलात्कार गरी हत्या गरेको खुलेको छ।

प्राप्त विवरण अनुसार, २०७७ साल फागुन १३ गते छिमेकी दुई वर्षीया बालिकाको अपहरण गरेको आरोपमा पक्राउ परेका मोरङको सुन्दरहरैंचाका अजय चौधरी छिमेकी भएकै कारण पीडित परिवारले दिएको कमजोर बयान र परिस्थितिजन्य प्रमाण पर्याप्त नहुँदा २०७८ साल मंसीर १६ गते जिल्ला कारागार, मोरङबाट छुटेका थिए। तर मंसीरमा जेलबाट छुटेका तिनै अजय चौधरीलाइ तीन महिनापछि अर्को छिमेकी १६ महिनाकी बालिकालाई वलात्कार गरी हत्या गरेको आरोपमा मोरङ प्रहरीले फेरी पक्राउ गरेको छ।

गत शुक्रबार घर नजिकैको बाँसको घारीमा अचेत अवस्थामा फेला परेकी नगरपालिकाको वडा नंं ७, गणेशपुरकी १६ महिने नाबालिका नगरपालिकाको वडा नंं ७, गणेशपुरकी १६ महिने नाबालिकाको वलात्कार पछि हत्या गरेको आरोपमा मोरङ प्रहरीले अजय चौधरीलाई फेरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।

घटनामा चौधरीका दाइ मिथुनको पनि संलग्नता देखिएपछि दुवै जनालाई पक्राउ गरिएको एसपी जिसीले बताए । ‘हिजो अपहरण हुँदा उनले अरु केही गर्न नपाई उद्दार भएको रहेछ, पीडितको परिवारले पनि बच्ची पायौं, छिमेकी हुन् भनेर त्यतिधेरै जोड गरेनछन्’ उनले भने, ‘तर चौधरीको मनोबल बढेपछि छुट्ने वित्तिकै उस्तै अपराधमा संलग्न भइहाले ।’

प्रहरीका अनुसार गत शुक्रबार बेलुकी साढे ५ बजे १६ महिने बालिका घरबाट खेल्दै गरेको अवस्थामा अचानक हराइन् । ‘पहिले उनी आमासँगै आँगनमा बसिरहेकी थिइन्, आमाभित्र गएका बेला चौधरीले बालिकालाई लगेको पाइएको छ’ जिसीले भने, ‘उनले बालिकालाई फकाउन चकलेट दिएको पाइएको छ ।’

एसपी जिसीका अनुसार, शुक्रबार बेलुकी साढे ५ बजे छिमेकी १६ महिने बालिकालाई चकलेट दिएर गछिया खोलातिर लगेका अजय र उनका दाजु मिथुनले पालै पालो नाबालिकालाई वलात्कार गरेका थिए। वलात्कार गर्ने क्रममा नाबालिका पिडाले रुन थालेपछि पोल खुल्ने डरले उनीहरुले बोतल र ढुंगाले टाउकोमा हानेको पाइएको प्रहरीको भनाई छ ।

हराएको एक घण्टा पछि रोएको आवाज सुनेर घटनास्थल पुगेका आफन्तले पिडित बालिकालाई अचेत अवस्थामा भेटेका थिए। आफन्तले उद्दार गरेर स्थानीय मेडिकलमा लागेकोमा त्यहाँ उपचार हुन् नसके पछि नोबेल मेडिकल कलेज बिराटनगर लगिएको थियो । तर राति १२ बजे उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

वलात्कार पश्चात बालिकालाई बोतल र ढुंगाले टाउकोमा हानेर अचेत बनाई भागेका दाजुभाइ पक्राउको तरीका पनि अचम्म छ। खोलाको छेउ एकान्त स्थान साँझ पख,नाबालिकालाई वलत्कार पछि हत्या गर्ने को होला ? अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी पनि अलमलमा थिए। पीडित परिवार पनि केही भन्न सक्ने अवस्थामा थिएनन।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले जुक्ति निकाल्यो, :घटना भएको समय वरपर क-कसका मोबाइल त्यस क्षेत्रमा चालु थिए ?” प्रहरीले घटनास्थल वरप त्यस घटना भएको समयमा क्रियाशील मोबाइलको खोजी गर्दै जाँदा अजय चौधरीका दाजुभाईको मोबाइल त्यस क्षेत्रम क्रियाशील भएको तथ्य पत्ता लगायो। त्यसपछि दुवै जनालाई प्रहरीले पक्राउ पनि गर्यो। उक्त घटना आअफ़ुहरुले गरेको प्रहरॆसमक्ष स्वीकार गरेका उनीहरुले घटना गरे पश्चात घटनास्थलबाट केही सयमिटर पर रहेको एक भट्टीमा गएर रक्सी खाएको रहस्य पनि खुलाए।

प्रहरीका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । पोष्टमार्टमको प्रतिवेदन आइसकेको छैन । प्रारम्भिक विवरणमा चाहिँ नाबालिकाको टाउकोमा कानभन्दा माथि बायाँ र दायाँ दुवैतिर गम्भीर चोट देखिएको छ ।

प्रतिक्रिया