मोटरसाइकलको ठक्करबाट गएराती नेपालगन्जस्थित राँझा बिटमा कार्यरत एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ भने अर्का प्रहरी जवान घाइते भएका छन्।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मृत्यु भएको हो भने प्रहरी जवान रेश चौधरी घाइते भएका छन्।
बाँकेका एसपी श्यामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार, तिब्र गतिमा नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलले सवारी चेकिङ्ग गरिरहेका प्रहरी हवल्दार शाहीलाई ठक्कर दिदा मृत्यु भएको हो भने सोही मोटरसाइकलको ठक्करबाट घाइते भएका प्रहरी जवान चौधरीको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ ।
ठक्कर दिने मोटरसाइकलका चालक बर्दियाको राजापुर घर भएका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले मापसे गरेर मोटरसाइकल चलाएका प्रहरीले दाबी गरेको छ।