केन्द्रीय समितिमा बिबाद चर्किए पछि माओवादी केन्द्रमा अस्थायी युद्धबिराम

केन्द्रीय समितिमा बिबाद चर्किए पछि माओवादी केन्द्रमा अस्थायी युद्धबिराम


  • जन संचार
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 4.3K
    Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)भित्र अस्थायी युद्द बिराम भएको छ। आसन्न स्थानीय चुनाबको मुखमा पार्टी नै बिभाजन हुनसक्ने अथवा पार्टीभित्र ब्यापक किचलो हुनसक्ने सम्भावना देखिए पछि माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले सर्वत्र महत्वका साथ् हेरिएको एमसीसी सम्झौता र केन्द्रीय पदाधिकारी चयन कार्यलाई स्थानीय चुबाब पछि हुने केन्द्रीय समिति बैठकले टुंग्याउने गरी पार्टीभित्र अस्थायी युद्ध बिराम गरेको हो।

पार्टीको केन्द्रीय समितिको बैठकको मूल एजेन्डा नै बनेको एमसीसी सम्झौता र पदाधिकारी चयन बारेको छलफलमा चर्काचर्की बनेपछि यी दुवै एजेन्डाका बारेको छलफल हाललाई स्थगित गरिएको छ।

संसदबाट राष्ट्रघाती भनिएको एमसीसी सम्झौता पारित भएपछी पार्टीभित्रको किचलोको बिषय बनेको एमसीसी सम्झौता र पार्टीभित्र चलेको शक्तिसंघर्ष अनि सिनियर-जुनियरको सकसकाकारण पदाहिकारी चयन अब आसन्न स्थानीय तहको चुनाबपछि जेठ २० गते बस्ने भनिएको पार्टी केन्द्रीय समिति बैठकले निष्कर्षमा पुर्याउने पार्टी नेता एबम अर्थ मन्त्री जनार्दन शर्माले जानकारी दिए।

पार्टीको महाधिबेशनको निर्णय विपरीत रास्ट्रघाती एमसीसी सम्झौता पारित गरिएकोमा पार्टीका नेताहरु लिलामणि पोखरेल, देब गुरुङ र कृष्ण बहादुर महराले त्यसको बिरोध गर्दै पार्टीको केन्द्रीय समिति बैठकमा असहमति पत्र अर्थात नोट अद डिसेन्ट” प्रस्तुत गरेका थिए। उनीहरुले यस बारे यही बैठकबाट निर्णय गरिनुपर्ने अडान राखेका थिए। त्यसमाथि पनि पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष प्रचण्डले एमसीसी पारितका बिरुद्ध मत राख्दै आएका नेता नारायणकाजी श्रेष्ठलाइ पार्टी छाडेर जानसक्ने चेतावनी दिएपछि पार्टी केन्द्रीय समिति बैठकमा एमसिसिको बिषय पेचिलो बनेको थियो। त्यसपछि पार्टीभित्र रहेका तात्कालिन एकता केन्द्र मशालका नेताहरु पार्टी नेत्रित्वप्रती रुष्ट छन्। त्यसमा पनि यही बिबादका बीच नेता नारायणकाजी श्रेष्ठको नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लवसंग पटक पटक भेट भएपछी माओवादी केन्द्र फुट्ने आशंका धेरैले गरेका थिए। अब बिबादित भनिएको एमसीसी सम्झौता बारे आगामी केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ। यस निर्णयले भने माओवादी केन्द्र विभाजन हुने हो कि भन्ने आशंका तत्काललाई टरेको छ। स्थानीय तहको चुनाबमा पार्टीको पक्षमा आउने परिणामले आगामी केन्द्रीय समिति बैठकमा एमसीसी सम्झौता बारेको निर्णयलाई प्रभाब पार्ने आंकलन गरिएको छ। कतिपयले त त्यति बेलासम्म एमसीसी सम्झौताका बारेको छलफल मलिन हुने वा असान्धर्भिक हुने बताइरहेका छन्।

माओवादी पदाधिकारी, स्थायी र पोलिटब्युरो गठन गर्न असफल

पार्टीका महत्वपूर्ण अंग मानिने कमिटीहरु गठन गर्न नेकपा माओवादी केन्द्र असफल भएको छ । गत पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो ।

महाधिवेशनलगत्तै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेपनि उपाध्यक्ष, महासचिव, सचिव लगायतका बाँकी १४ पदाधिकारी चयन गर्न असफल भएको हो । शुक्रबारबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय पदाधिकारी चयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची रहेपनि अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई पूर्णता दिएर बैठक सकेका छन् ।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले आगामी जेठ २० गते बस्ने बैठकबाट पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए । अध्यक्ष प्रचण्डले चुनाव नजिकिएकाले पदाधिकारी र कमिटी गठन गर्न अझै छलफल आवश्यक भएको भन्दै ती कमिटीहरु पछि बनाउन उपयुक्त हुने धारणा राखेका थिए ।

सोमबार बसेको सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकबाट मनोनित गर्न प्रस्ताव भएका ९७ जनामध्ये ४७ जनाको नाम भने हटाइएको छ । पार्टीमा विवाद भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९७ जनामध्ये ५० जनाको नाम मात्रै केन्द्रीय समिति बैठकबाट पारित गरेका हुन् ।

सोमबारको बैठकमा दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गर्ने निर्णय गरेका थिए । केन्द्रीय सदस्यको लिस्टमा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको पनि नाम थियो ।

पार्टीमा छोरी ज्वाइँ समेटिनु तर, अन्य प्रभावशाली नेताहरु केन्द्रीय समितिमा नपरेपछि ब्यापक बिरोध भएको थियो।   प्रचण्ड पुत्री र ज्वाइँ आचार्यलगायत ४७ जनालाई के योगदानका आधारमा केन्द्रीय सदस्यमा मनोनित गरिएको भन्दै विवाद उत्पन्न भएपछि अन्त्यमा ती ४७ जनाको नाम लिस्टबाट हटाइएको थियो ।

केन्द्रीय सदस्य मनोनयनमा विरोध भएपछि अध्यक्ष प्रचण्डले ५० जनाको नेम लिस्ट पारित गर्दै छोरी ज्वाइँसहितको बाँकी ४७ जनाको नाम भने हटाउनुपरेको हो । यसअघि २ सय ४७ सदस्यीय केन्द्रीय समिति रहेकोमा सोमबार ५० जना थपिएसँगै माओवादीको केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ । ४७ जना केन्द्रीय सदस्यको नेम लिस्टलाई थाती राखेको माओवादी बैठकले पदाधिकारी चयन स्थानीय तहको निर्वाचन पछि निर्णय पनि गरेको छ ।

पार्टीभित्र देखिएको विवादहरुलाई स्थगित गराएर अस्थायी युद्ध बिराम गराउन सफल माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले अब पार्टीलाई पूर्ण रुपमा स्थानीय तहको चुनाबमा केन्द्रित गर्ने निर्णय गरेको छ।  पार्टी पदाधिकारी, स्थायी कमिटि र पोलिटब्युरो गठन गर्न असफल पार्टीको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउन विभिन्न जिल्लाहरूलाई समेटेर कमाण्ड बनाएको छ । प्रदेशगत रुपमा इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै माओवादीले ती प्रदेशभित्रका जिल्लाहरुको पनि समूह विभाजन गरेर कमाण्ड बनाउँदै पार्टी गतिविधि चुस्त बनाउन सो निर्णय गरेको हो ।

सोमबार सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले इन्चार्ज पनि तोकेको छ । जसअनुसार प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।

प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन् भने ती कमाण्डले फेरि तल्लो तहसम्म अर्को कमाण्ड बनाएर चुनावी गतिविधिलाई सशक्त बनाउने माओवादीको तयारी छ ।

प्रतिक्रिया