गण्डकी प्रदेशका मन्त्री आचार्यको गाडी बिजुलीको पोलमा ठोक्किएर दुर्घटनाग्रस्त

गण्डकी प्रदेशका मन्त्री आचार्यको गाडी बिजुलीको पोलमा ठोक्किएर दुर्घटनाग्रस्त


  • जन संचार
  • सोमबार, २३ फाल्गुन २०७८
  • 6.5K
    Shares

दुर्घटनाग्रस्त मन्त्री हरिशरण आचार्यको गाडी

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यको गाडी बिजुलीको पोलमा ठोक्किएr दुर्घटनामा परेको छ ।

मन्त्री आचार्य सवार ग १ झ ६०० नम्बरको स्कार्पियो गाडी सोमबार बिहान तनहुँ सदरमुकाम दमौलीस्थित एक बिजुलीको पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।

दमौलीतर्फ आउदै गर्दा स्थानीय फिल्म हल नजिकको पेट्रोल पम्पतिरबाट अचानक साइड-लाइट नबाली दायाँतिर सडक पार गर्न लागेको मोटरसाइकललाई यात्रीलाई जोगाउन खोज्दा आफु सवार गाडी बिजुलीको पोलमा ठोक्किएको मन्त्री आचार्यले जानकारी दिए। ५०-६० किमी प्रतिघंताको दरमा गुडिरहेको गाडी बिजुलीको पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको भए पनि कोही कसैलाई केही नभएको मन्त्री आचार्यले बताए।

मन्त्री आचार्य आइतबार नवलपुरमा खानेपानी आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी भएर त्यहाँबाट लेखनाथस्थित लेखनाथ साना शहरी कानेपानी आयोजनाद्वारा आयोजित कार्यक्रमामा सहभागी हुन् पोखरा आउदै थिए।

प्रतिक्रिया