छात्रा बलात्कार गरेको आरोप लागेका शिक्षकको नाम गोप्य राखेर फोटो सार्वजनिक

छात्रा बलात्कार गरेको आरोप लागेका शिक्षकको नाम गोप्य राखेर फोटो सार्वजनिक


  • जन संचार
  • सोमबार, २३ फाल्गुन २०७८
  • 5K
    Shares

छात्रा बलात्कार गरेको आरोप लागेका शिक्षक

आफैले पढाउने छात्रालाई पटक पटक वलात्कार गरेको आरोप लागेका एक शिक्षकलाई प्रहरीले अर्घाखांचीबाट पक्राउ गरेको छ। तर पक्राउ पक्राउ परेका अभियुक्त शिक्षकको नाम गोप्य राखेर जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले फोटो भने सार्वजनिक गरेको छ।

अर्घाखाँचीको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले आफैले पढाउने १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा अभियुक्त शिक्षकबिरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा जबरजस्ती करणी मुद्दा दर्ता भै अनुसन्धानका लागि छ दिनको म्याद लिइएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखांची
जिल्ला प्रहरी कार्यालय अर्घाखांची

अर्घाखाँचीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले पहिलो पटक ती शिक्षकले घर नजिकैको जंगलमा लगेर ती छात्रालाई जबरजस्ती करणी गरेको जानकारी दिए । त्यसपछि पनि उनले पटकपटक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया