तनहुँ सदरमुकाममा भिषण आगलागी : आगो निभाउन काठमाण्डौबाट पानी लिएर सिम्रिकको हेलिकप्टर दमौलीमा

तनहुँ सदरमुकाममा भिषण आगलागी : आगो निभाउन काठमाण्डौबाट पानी लिएर सिम्रिकको हेलिकप्टर दमौलीमा


  • जन संचार
  • आइतबार, २२ फाल्गुन २०७८
  • 3.5K
    Shares

तनहुँको दमौली चोकमा आगलागी भएको छ ।

दमौली बजारस्थित भुपाल हार्डवेयरको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । आगो फैलिन नदिन डोजर प्रयोग गरेर अस्थायी टहराहरुलाई भत्काइएको छ।

आगो निभाउन तनहुँमा दमकल नभए पछि पोखराबाट दमकल गएका छन् भने स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयको अनुरोधमा सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

प्रतिक्रिया