पदाधिकारी चयन गर्न माओवादी केन्द्रको बैठक आज बस्दै : को बन्ला त शक्तिशाली महासचिव ?

पदाधिकारी चयन गर्न माओवादी केन्द्रको बैठक आज बस्दै : को बन्ला त शक्तिशाली महासचिव ?


  • जन संचार
  • आइतबार, २२ फाल्गुन २०७८
  • 3.2K
    Shares

पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा छलफलको कार्यसूचीसहित आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी गरिएको छ । दुईसय ९९ केन्द्रीय सदस्यमा दुईसय ४७ मात्र चयन भएका छन् । दुईसय ९९ मा १० प्रतिशत हेडक्वार्टरले मनोनीत गर्ने व्यवस्था छ। त्यस्तै दुईस्य २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनीत गर्नेछ।

यता पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष. एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

जारी केन्द्रीय कमिटीको बैठकबाट अध्यक्ष प्रचण्डले पदाधिकारीको टुंगो लगाउन चाहेका छन्। तर एमसीसी सम्झौता संसदबाट पारित गरिएपछि असन्तुष्ट नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरु सबैभन्दा पहिले एमसीसी सम्झौताका बारेमा टुंगो लगाइनु पर्नेमा अडिग देखिएका छन्। एमसीसी सम्झौतालाई लिएर नारायणकाजी श्रेष्ठपक्षले अध्यक्ष प्रचण्डसंग पदको मोलमोलाई गरिरहेको खुलासा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले गरिसकेका छन्।

पार्टीमा अन्य पदभन्दा अध्यक्षपछिको महत्वपूर्ण र शक्तिशाली पद महासचिब मान्ने गरिएको छ। अहिलेसम्म नारायणकाजी श्रेष्ठ पक्षले महासचिव पदमा दाबी नगरेको समाचारस्रोतहरु दाबी गरिरहेका छन्। पार्टी फुटाउने तयारी गरेको जसरी नेकपाका महासचिव बिप्लबसंग छलफल समेत गरेका नेता नारायणकाजी श्रेष्ठ अहिले पार्टी अध्यक्ष प्रचण्डसंग मनका कुरा माझामाझ गरेर पार्टीमै रहने मनस्थितिमा देखिएका संकेतहरु सार्वजनिक भएका छन्। यदि त्यस्तो परिस्थति सिर्जना भएमा पार्टी अध्यक्ष प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई महासचिव बनाउने त हैनन् ? माओवादी केन्द्रभित्र आधंका गर्न थालिएको छ।

राजनीतिले कोल्टो नफेरे र परिस्थति परिवर्तन नभए अध्यक्ष प्रचण्ड अहिलेको अवस्थामा पार्टीको महासचिबमा जनार्दन शर्मा ‘प्रभाकर’ र बर्षमान पुन ‘अनन्त’ मध्ये एक बनाउने मनस्थितिमा पुगेको बताइञ्छ। त्यसो त पार्टीको महासचिव पदमा शर्मा र पुन बाहेक पुर्व सभामुख कृष्णबहादुर महरा, देव गुरुङ, शक्तिबहादुर बस्नेत लगायतले पनि दाबी गरिरहेका छन्।

ज-जसले दाबी गरेको भए पनि महासचिवमा पुन र शर्मा मध्ये एक बन्ने समाचार्स्रोतहरु दाबी गरिरहेका छन्। धेरै नेताले पार्टी महासचिव पदमा दाबी गरिरहेको अवस्थामा महासचिव पदमा ब्यबस्थापन हुन् नसकेका नेतालाई पार्टीको अन्या पदमा ब्यबस्थित गर्ने पक्षमा अध्यक्ष प्रचण्ड देखिएका छन्। त्यसो त महाधिवेशनबाट पदाधिकारी चयन टुंगो लगाउने तयारी भए पनि पुनले आफू स्वास्थ्य उपचार गराएर स्वदेश फर्कन लागेको जानकारी गराएपछि बैठक स्थगित भएको थियो । त्यसलगत्तै कोभिड संक्रणण बढेको भन्दै माओवादीको बैठक अनिश्चित्कालका लागि स्थगित भएको थियो ।

पार्टीभित्र एमसीसीको विवादका कारण बोलाइएको केन्द्रीय कमिटीको बैठकसमेत सारिएको थियो । यसरी एकातिर पार्टीभित्र पदाधिकारीका आकांक्षी नेताहरूको व्यवस्थापन पेचिलो भएसँगै पदाधिकारी चयनको काम प्रभावित हुँदै आएको छ भने अर्कोतिर कोभिड संक्रमण, एमसीसी सम्झौतालगायतको कारण केन्द्रीय कमिटीको बैठक नै लम्बिँदै आएको छ ।

प्रतिक्रिया