संसदबाट एमसीसी पारित भएपछि अमेरिका खुशी, व्याख्यात्मक घोषणाप्रति मौन

संसदबाट एमसीसी पारित भएपछि अमेरिका खुशी, व्याख्यात्मक घोषणाप्रति मौन


  • जन संचार
  • सोमबार, १६ फाल्गुन २०७८
  • 4.8K
    Shares

नेपालको संसदबाट एमसीसी सम्झौता पारित भए पछि संयुक्त राज्य अमेरिकाले खुशी प्रकट गरेको छ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भए लगत्तै काठमाडौंस्थित अमेरिकी राजदूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै संसदबाट एमसीसी सम्झौता पारित भए पछि संयुक्त राज्य अमेरिकाले खुशी प्रकट गरेको हो ।

प्रेस बिज्ञप्तिमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै अब कार्यान्वयनको दिशामा अघि बढेको प्रतिक्रिया दिइएको छ ।
अब पांच वर्षीय कार्यक्रम (एमसीसी सम्झौता) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको उल्लेख गरिएको त्यस बिज्ञप्तिमार्फत हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै सम्झौतालाई अनुमोदन गर्ने संसद्को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानी खर्च घट्ने बिस्वास गरिएको छ।

नेपाल-अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको स्मरण गर्दै यी ७५ वर्षभित्र नेपालमा परिवर्तन भएका विशाल र अपत्यारिला परिवर्तनहरूमा अमेरिकाको साथ रहेको त्यस बिज्ञप्तिमा उल्लेख छ।

नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौं,’ विज्ञप्तिमा अघि भनिएको छ,‘अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ । हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौं ।’

झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कतिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्दछ,’ विज्ञप्तिमा छ ।

प्रतिक्रिया