एमसीसी ससदबाट पारित, चार सांसदले एमसीसीबिरुद्ध मत दिए

एमसीसी ससदबाट पारित, चार सांसदले एमसीसीबिरुद्ध मत दिए


  • जन संचार
  • आइतबार, १५ फाल्गुन २०७८
  • 4.5K
    Shares

भिम रावल, झपट रावल, प्रेम सुवाल, दुर्गा पौडेल

अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि निर्णाथ पेस गरिदा सत्ता पक्षका अधिकांश सांसदले पक्षमा हात उठाएका थिए ।

हुन्न भन्ने पक्षमा भने चार जना सांसदले मात्रै हात उठाए । प्रमुख प्रतिक्षप एमालेले यसअघि झैं संसद अवरोधलाई कायम गरेको भए पनि एमालेकै दुई सांसद भीम रावल र झपट रावलले एमसीसी पास गर्न नहुने पक्षमा हात उठाए ।

त्यस्तै एमसीसीको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि विपक्षमा हात उठाए ।

एमसीसी सम्झौता संसदबाट पारित भएपछी बाहिर निस्किएर एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी केन्द्रका सांसद पोख्रेलले आफुहरुले एमसिसिबिरुद्ध मतदान गरेको जिकिर गरे।
यस अघि एमसीसी सम्झौता राष्ट्रघाती हो भन्दै पार्टी बिभाजन गर्न उद्दत अन्य सांसदहरु भने एमसीसी देखिए।

प्रतिक्रिया