राष्ट्रघाती भनिएको एमसीसी सम्झौता बारे संसदमा छलफल शुरु भएको छ। गठबन्धन सरकारका तर्फबाट पेश गरिएको ११ बुँदे व्याख्यात्मक घोषणा ध्वनि मतले पारित भएपछी प्रतिनिधि सभाको आजको दोश्रो बैठकमा राष्ट्रघाती भनिएको एमसीसी सम्झौता बारे संसदमा छलफल शुरु भएको हो।
दोश्रो बैठकको पहिलो बक्ता रहेका माओवादी केन्द्रका सांसद सुरेन्द्र बहादुर कार्कीले नेपाललाई फेरी शान्ति क्षेत्र घोषणा गर्नुपर्ने कुरामा जोड दिए। अर्को सांसद पार्वती कुमारी बिशुन्खेले कार्यान्बयन हुने गरी अनुमोदन गरिनु पर्ने कुरामा जोड दिइन्।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि मात्र भएको दाबी गर्दै एमसीसी सम्झौता हिन्द प्रशान्त सम्बन्धि अमेरिकी नीति मातहत रहेकाले एमसीसीलाई मतदानमार्फत खारेज गरिदिन आव्हान गरिन।
नेकपा एमालेका सांसद भिम रावलले राष्ट्रघाती प्राबधान रहेको यस एमसीसी सम्झौता संबिधान विपरीत रहेको जिकिर गर्दै व्याख्यात्मक घोषणा न भै भ्रमात्मक घोषणा भएको टिप्पणी गरे उनले सरकारी गठबन्धन सरकारले प्रस्तुत गरेको व्याख्यात्मक घोषणालाई ठगपत्रको संज्ञा दिदै यसलाई मुलुकका लागि कलंक हुने जिकिर गरे।