अन्तत: राष्ट्रघाती भनिएको एमसिसि सम्झौता संसदबाट पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय

अन्तत: राष्ट्रघाती भनिएको एमसिसि सम्झौता संसदबाट पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय


  • जन संचार
  • आइतबार, १५ फाल्गुन २०७८
  • 3.9K
    Shares

आफ्ना अडानहरुलाई तिलाञ्जली दिदै सत्तारुढ दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले  राष्ट्रघाती भनिएको एमसिसि सम्झौता संसदबाट पारित गर्न सहमति दिएका छन्।

भर्खर सम्पन्न सत्तारुढ गठबन्धनको बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी सम्झौता संसदबाट पारित गर्न सहमति दिएका हुन्।  माओवादी केन्द्र र एकीकृत समाजवादीले सहमति दिए संगै आज बस्ने संसद्को बैठकले राष्ट्रघाती भनिएको एमसिसि सम्झौता पारित भएको छ।

सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शंका रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए  ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर पर्खिने समय नभएकाले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको नेता पौडेलले बताए ।

नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए । अहिले एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।

बैठकपछि पत्रकारसँग बोल्दै पौडेलले एमसीसी नेपालको संविधान अनुरुप लागू हुने पनि जिकिर गरे ।

प्रतिक्रिया