राष्ट्रघाती भनिएको एमसीसी सम्झौताकारण नेपाली राजनीति अन्यौलग्रस्त छ। नेपाली नेताहरुबीच एकापसमा अविस्वास कायमै छ। नेपाली राजनीति कालो सुरुङमा छिरेको छ। एमसीसी सम्झौताकारण नेपाल नराम्रो परिस्थितिमा गुज्रनु पर्ने हो कि भन्ने सर्वत्र चिन्ता सर्वत्र छ।
नेपाली नेताहरु देश र राष्ट्रियताभन्दा पनि आफ्नो पार्टी र निजि स्वार्थ हेरिरहेका छन्। नेताहरुको बोलीमा ठेगान छैन। आज एम्सिसिको बिरोध गर्ने नेताहरु अचानक भाषा परिवर्तन गरेर नजानिँदो होस् वा प्रत्यक्ष रुपमा नै एमसीसी सम्झौताको पक्षमा वकालत गरिरहेका छन्।
अहिलेको अवस्थामा सत्तारुढ दल नेपाली कांग्रेस र मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टी एम्सिसिको पक्षमा द्देखिएका छन्। यस अघि एमसीसी सम्झौता यथास्थितिमा पारित गर्ने हुन् भन्ने माओवादी केन्द्र र एकीकृत समाजवादी अप्रत्यक्ष रुपमा एमसीसी सम्झौतालाई संसदबाट पारित गर्ने पक्षमा देखिएका छन्। उता प्रमुख प्रतिपक्षी दल एमाले भने संस्थागत रुपमा मौनरहे पनि त्यस पार्टीका केही नेताहरुले शुक्रबार एमसीसी सम्झौताका पक्षमा आनो भनाई सार्वजनिक गरेका छन्।
अहिलेसम्म एमसीसी बारे आफ्नो भनाई सार्वजनिक नगरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा आफु देश र जनताका लागि बलिदान दिन तयार रहेको बताए। उनले भाषण गरिरहदा सत्तारुढ दलहरु बीच एमसीसी सम्झौता पारित गर्ने बारे गठबन्धन दलहरु बीच उच्चस्तरीय सहमति खबर पाएका ओलीले त्यस्तो कुरा बताएका थिए।
झन्डै सवा एक घण्टा लामो आफ्नो भाषणमा पटक-पटक एम्सिसिको कुरा उठाए पनि उनले एमसीसी बारे आफ्नो स्पस्ट धारणा राखेनन्। बरु उनले एमसीसी माग्ने र सम्झौता गर्ने गठबन्धनका नेताहरु खुलेआम सडकमा हिड्दा केही नगरिएको तर आफुलाई ढुंगा हानिएको गुनासो गरे। उनले एम्सिसिमा आफ्नो भूमिकाको चर्चा गर्दै गरेनन। ओलीले आफ्ना सांसदहरुलाई संगठन निर्माण गर्ने र चुनाब तयारीका लागि जनताका माझ जान निर्देशन दिदै अहिलेको अवस्थामा सांसदहरु संसदमा गइरहन नपर्ने बताए। उनले आबश्यक परे पार्टीले खबर गर्नासाथ रातारात बस चढेर होस् या जहाज चढेर काठमाण्डौ आउन एमाले सांसदहरुलाई निर्देशन पनि दिए।
एमाले अध्यक्ष ओलीले पोखरामा एमसीसी बारे आफ्नो धारणा नराखे पनि सोही पार्टीका अन्य केही नेताहरुले शुक्रबार नै आफुहरु एम्सिसिको पक्षमा रहेको संकेत गरे।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफु एम्सिसिको पक्षमा रहेको संकेत गर्दै एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन् ।
शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन् । उनले नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरुसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमती राखेको खण्डमा संकटमा फस्न सकिने तर्क गरे ।
नेकपा एमालेमा रहेका पुर्व माओवादी नेता टोप बहादुर रायमाझीले त एमाले एमसीसी सम्झौता पारित गर्ने पक्षमा रहेको सपस्त बताए।
संसदबाट एमसीसी पारित गर्न अमेरिकाले दिएको म्याद सकिन तीन दिन बाँकी रहदा लगभग सबै राजनीतिक दलहरु एमसीसी सम्झौता संसदबाट पारित गर्ने पक्षमा उभिएका छन्। प्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा जसरी पनि एमसीसी सम्झौता संसदबाट पारित गराउने पक्षमा देखिएका छन्। उनी अन्य राजनीतिक दलका नेताहरुको ढोका चाहर्दै एमसीसी सम्झौता संसदबाट पारित गर्न सहयोगको याचना गरिरहेका छन्।
दुई दिन अघिसम्म एमसीसी सम्झौता यथास्थितिमा कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने अडानमा रहेका माओवादी केन्द्र ए एकीकृत समाजवादी केन्द्र शुक्रबारदेखि व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट पारित गर्न सहमत भएका छन्। प्रधानमन्त्री देउबासनग शुक्रबार दिउसो भएको भेटमा ती दुई दलका नेताहरु व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट पारित गर्न सहमत भएका हुन्। यदि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गराउन असम्भव भए माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले एमसीसी निर्णयार्थ पेश हुँदा संसद बहिष्कार गर्ने र ध्वनि मतका साथ् एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन समेत माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रम देउबासमक्ष तयार भएका छन्।
वर्तमान गठबन्धन टुट्यो भने आफुहरु सट्टा बाहिर पुग्ने र निकट भविष्यमा हुने चुनाबमा आफुहरुको नराम्ररी पराजय हुने स्थिति आंकलन गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्रका नेताहरु एमसीसी सम्झौता पारित गर्ने त्यस्तो बैकल्पिक बाटो रोज्न पुगेका हुन्।
यता एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरुसंग उच्चस्तरीय समझदारी गरेका प्रधानमन्त्री उनीहरुको बिस्वास नलागे पछि शुक्रबार राती एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। यद्यपि त्यस पनि दुई दलबीच कुनै सहमति हुन सकेन ।
देउबा ओली बिचको त्यस भेटमा सुरुमै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई भेटेको र एमसीसीको पक्षमा भोट हाल्छु भनेको सुनाए । उनले भनेका थिए, ‘भोट हाले पनि नहाले पनि हामीहरु बसेर सरसल्लाह गरौं, सबै कुरा गर्न म तयार छु ।’
जवाफमा ओलीले पनि ‘भोट हाल्छ भने ठीकै छ’ भने । उनले संसद चलेको भए आफ्नो दलले पनि एउटा पोजिसन लिथ्यो, तर त्यो वातावरण नभएको बताए । साथै उनले प्रचण्डले भोट हाल्छन् भन्नेमा विश्वास छ भनेर प्रतिप्रश्न गरे । प्रधानमन्त्रीले पनि त्यही आशंका व्यक्त गरे ।
नेताहरुले पनि आ-आफ्नो तर्क थपे । त्यसक्रममा एमाले नेताहरुले कार्यकर्तालाई सडकमा उतारिसकेको र धेरै अडान लिइसकेकाले एमसीसी पास गर्न प्रचण्डले सहयोग गर्दैनन् भन्ने सन्देश दिन खोजेका थिए । प्रधानमन्त्री र कांग्रेस नेताहरुले ‘प्रचण्डले हाले पनि नहाले पनि, एमालेले हालोस्, सँगै जाऊँ’ भन्ने सन्देश दिन खोजेको नेताहरुले सुनाए ।
तर कुनै सहमति हुन सकेन । बैठकपछि कांग्रेस नेता एवम् सञ्चारमन्त्री कार्कीले भनेका छन्, ‘प्रधानमन्त्रीले सबैको सहमतिमा एमसीसी अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभयो । एमाले अध्यक्षले पुरानैं कुरा दोहोर्याउनुएको छ । संसदमा प्रवेश गर्ने वातावरण तयार भए हामी हाम्रा विचार राख्छौं भन्नु भएको छ ।’ ‘हामी संसदमा प्रवेश गर्ने वातावरण तयार हुन एमालेले कारबाही गरेका १४ सांसद पदमुक्त गरेको सूचना सभामुखले टाँस्नुपर्छ, नभए सभामुखले आफैंले राजीनामा दिनुपर्छ,’ बैठकमा सहभागी एमाले उपमहासचिप प्रदीप ज्ञवालीले भने ।
एक नेताका अनुसार एमाले अध्यक्ष ओली सभामुख हटाएर सहकार्य सुरु गर्न चाहन्छन्, प्रधानमन्त्री देउवा पहिला एमसीसी अनुमोदन होस् भन्ने चाहन्छन् । कांग्रेस नेताहरुका अनुसार एमालेले एमसीसी अनुमोदन गर्न गर्न सघाउने हो भने माओवादी केन्द र एकीकृत समाजवादीका मन्त्रीहरुलाई हटाएर गठबन्धन टुटाएको सन्देश दिन प्रधानमन्त्री देउवालाई अप्ठ्यारो छैन ।
तर गठबन्धन टुटेपछि के गर्ने भन्ने ठोस जवाफ एमालेसँग छैन । किनकी मन्त्रीहरुबाट हटाउनासाथ माओवादी र एकीकृत समाजवादीका सांसदहरुले एमसीसीको मत विभाजन माग्छन् । त्यो बेला एमाले सांसदहरु वेलमा हुन्छन् र, एमसीसी पनि अडि्कन्छ । त्यसपछि सभामुख हटाउने खेलमा लाग्दा समय लाग्ने र एमसीसी अनुमोदन अझ धकेलिने कांग्रेस नेताहरुको बुझाइ छ ।
प्रचण्डमाथि विश्वास नभएको र एमालेले पहिला सभामुख हटाउन चाहेका कारण कुन बाटो रोज्ने भन्ने अलमल कायमै छ । भोलि माओवादी केन्द्रले एमसीसी अनुमोदन हुने विश्वास दिलाउन सके गठबन्धन जोगाउने कोर्स अघि बढ्छ । तर अविश्वास कायमै रहे फेरि एमालेसँग छलफल हुन्छ । यो बेलामा एमालेले मन्त्री हटाउने र एमसीसी पास गर्ने अफर गरे राजनीतिक कोर्स अर्को हुन्छ । एक नेता भन्छन्, ‘नभए आज जस्तै छलफलमा मात्र सीमित रहन पनि सक्छ ।’