देउबा-ओली वार्ता लगत्तै चिनियाँ नेताले ओली र नेपालसंग सम्बाद गरे

देउबा-ओली वार्ता लगत्तै चिनियाँ नेताले ओली र नेपालसंग सम्बाद गरे


  • जन संचार
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 3.6K
    Shares

नेपाली कांग्रेसका सभापति एबम प्रधानमन्त्री शेर बहादुर देउबाले वर्तमान गठबन्धन तोडेर नेकपा एमालेसंग नयाँ गठबन्धन बनाउने संकेत पाएपछि चीनले पुर्व प्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालसंग संवाद गरेको छ।

प्रधानमन्त्री देउबासनग छलफल गरेका ओलीसंग चिनियाँ विदेश विभाग प्रमुख सङ ताओ र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो सम्वाद गरेका छन् । भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ । तर उनीहरुबीच के कस्ता कुरा भए भन्ने बारे बिबरणहरु सार्वजनिक गरिएको छैन।

यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।

प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाका अनुसार, एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुन: कुराकानी गर्ने जवाफ दिएका छन् । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बिहीबार साँझ पुन छलफल हुने थापाले बताए ।

२३ भदौदेखि संसद अवरोध गर्दै आएको एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई पार्टीको केन्द्रीय समितिले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ । १४ सांसदलाई कारबाही गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग एमालेले राखेको छ ।

प्रतिक्रिया