बैतडीमा भएको टिपर दुर्घटनामा ट्रिपरधनीसहित तीन जनाको मृत्यु भएको छ भने पांच जना घाइते भएका छन्।
बैतडीको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा ट्रिपरधनीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार, सो दुर्घटनामा परेर टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्टको मृत्यु भएको हो ।
दुर्घटनामा अरु ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
झासलमालिबाट दमोरा जाँदै गरेको उक्त ट्रिपरमा टिप्पर विद्यालयबाट फर्किँदा टिपर चढेका विद्यार्थीहरु रहेको बताइएको छ।