अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ । बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ ।
एमसीसीको विरोधमा भएको प्रदर्शनको क्रममा बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ । संसद भवनभित्र एमसीसी टेबल भइरहँदा सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठनले विरोध जारी राखेका छन् ।
आक्रोशित प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको छ । आन्दोलनकारीले पेट्रोल छर्केर बीच सडकमा आगो बालेका छन् ।
पानीको फोहोरा र अश्रुग्याबाट पनि आन्दोलनकारी हटाउन नसकेपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ । प्रहरीको कुटाइबाट केही विद्यार्थी तेथा युवा नेता घाइतेसमेत भएका छन् ।