राष्ट्रघाती भनिएको एमसीसी सम्झौता चौतर्फी बिरोध र नाराबाजीका बीच प्रतिनिधि सभामा आज पेश भएको छ।
पुर्व अर्थमन्त्री एबम वर्तमान सरकारका प्रबक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आज संसदमा एमसीसी सम्झौता पेश गरे। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
यसअघि अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने कार्यसूची रहे पनि उनी बिरामी भएको भन्दै बैठकमा उपस्थित भएनन् । उनको पार्टी नेकपा माओवादी केन्द्रभित्र एमसीसीबारे तीव्र विरोध भइरहेछ । तर सत्ता गठबन्धनका शीर्ष नेताहरुले पनि एमसीसी संसदमा पेश गर्ने सहमति जुटाएका थिए ।
संसदमा एमसीसी सम्जहुता पेश गर्दै मन्त्री कार्कीले उक्त सम्झौता संसदमा पेश गरिरहदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसदहरुले असन्तुष्टि प्रकट गरिरहेका थिए।
राष्ट्रियता नै खतरामा पर्न सक्ने एमसीसी सम्झौता राष्ट्रिय सहमति नभै संसदमा पेश भएकामा माओवादी केन्द्रका सान्साहरुले असन्तुस्टी जनाएका थिए भने सभामुख अग्नि प्रसाद सापकोटाको राजिनामा वा एमालेले कारबाही गरेका र हाल एकीकृत समाज्वादीका सांसद रहेका १४ जनालाई कार्बाहेको माग गर्दै झन्डै दुई महिनादेखि संसद अवरोध गर्दै आएको नेकपा एमालेले आफ्नो माग पुरा नभएको भनेर संसदमा नाराबाजी गरिरहेको थियो।
वर्तमान सरकारका प्रबक्ता कार्की नै अर्थमन्त्री रहेका बेला एमसीसीमा हस्ताक्षर गरिएको थियो । त्यसपछि २०७६ असार ३० गते युवराज खतिवडा अर्थमन्त्री भएकाे बेला एमसीसी सम्झौता संसदमा पेग गर्न भन्दै संघीय संसद सचिवालयमा दर्ता गराएका थिए तर दलहरूबीच सहमति नबन्दा र राजनीतिक खिचातानी अड्किएकाे थियाे ।
अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । २०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्न सकेन । बरु नेकपाका नेताहरुबीच दूरी बढ्दै गयो, नेकपा विभाजित भयो र संसदमा एमसीसी अनुमोदनका लागि दर्ता गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्ताबाट बाहिरिए ।
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश हुँदै गर्दा संसद भवन बाहिर भने एमसीसीको विरोधमा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।