कुवेत जान हिँडेका छ जना महिला त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फ़र्काइए

कुवेत जान हिँडेका छ जना महिला त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फ़र्काइए


  • जन संचार
  • आइतबार, ८ फाल्गुन २०७८
  • 2.9K
    Shares

कुवेत जान हिँडेका छजना महिलालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फ़र्काइएको छ। छ मध्ये चार जना महिलाको भिसा दुबईमा पनि ‘एक्टिभ’ देखिएपछि उनीहरु कुवेतको बाटो हुँदै दुबई जानसक्ने आशंकामा अध्यागामन कार्यालयले रोकेको बताइएको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार रसुवाकी चिपुदेखी तामाङ, सुनसरीकी राधिका खड्का, बर्दियाकी गीता देवी प्रधान र रसकुकै निर्मला तामाङको दुबईको भिसा एक्टिभ देखिएको थियो। उनीहरु कुवेतको बाटो हुँदै दुबई जानसक्ने आशंकामा अध्यागामन कार्यालयले रोकेको स्रोतले बतायो। त्यस्तै झापाकी मिना तामाङ र रामेछापकी पेमा भोलानको श्रम स्वीकृति र भिसाको विवरण फरक भएको भन्दै प्रस्थान अनुमति नदिएको स्रोतको भनाइ छ।

त्यस्तै दुबई हिँडेका ७ जनालाई समेत अध्यागामन कार्यालयले प्रस्थान अनुमति दिएन। जसमा सिन्धुपाल्चोककी छिरिङ याङजुम शेर्पा, पेमा ओंगेल शेर्पा, निमा तामाङ, स्याङ्जाका अमर सिंह थापा, अर्घखाँचीका युवराज बन्जाडे, नुवाकोटका बिराज घले र स्याङ्जाका श्रेया मिया रहेका छन्। यसअघि बिहीबार भारतीय बंगाली नागरिकसहित १५ जनालाई अध्यागमन कार्यालयले रोकेको थियो।

प्रतिक्रिया