शहरी बिकास मन्त्री झाँक्री पार्टीको निर्णय विपरीत एमसीसी संसदबाट पारित गराउने पक्षमा !

शहरी बिकास मन्त्री झाँक्री पार्टीको निर्णय विपरीत एमसीसी संसदबाट पारित गराउने पक्षमा !


  • जन संचार
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 4.1K
    Shares

नेकपा एमालेसंग विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले यथाशितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने सार्वजनिक गरिरहेको छ। तर सोही पार्टीका तर्फबाट मन्त्री बनेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री एमसीसी सम्झौता संसदबाट पारित गर्ने पक्षमा देखिएकी छिन।

आजको संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै मन्त्री झाँक्रीले आफू मन्त्रिपरिषदको सदस्य रहँदासम्म प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताउदै एमसीसी सम्झौता संसदबाट पारित गर्ने पक्षमा देखिएको संकेत गरेकी छिन ।
बताएकी हुन् ।

संचारकर्मीहरुसंग उनले भनिन्, ‘म मन्त्रिपरिषदको सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणा भन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन, जतिबेलासम्म म यो मन्त्रिपरिषदको सदस्य हुन्छु ।’ एकीकृत समाजवादीकी नेतृ झाँक्रीले पार्टीको धारणा भोलिको बैठकबाट आउने बताइन् ।

कतिपय विषयहरु नेपालको आन्तरिक राजनीतिमा अनावश्यक ढंगले किचलो हाल्न ल्याइएको भन्दै उनले राष्ट्रको हित र सरकारको विश्वसनीयताका लागि त्यस्ता विषयबाट सचेत रहनुपर्ने बताइन् ।

यता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् ।

शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए । तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन ।’
उनले अघि भने, कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन ।’ उनले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताए । भन्छन्, ‘यो अहिले राष्ट्रघाति हो भने चुनावपछि पनि राष्ट्रघाति हुन्छ ।’

प्रतिक्रिया