ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा मिसियो : शाहीले अब सुशासनका लागि राप्रपाबाट अभियान चलाउने

ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा मिसियो : शाहीले अब सुशासनका लागि राप्रपाबाट अभियान चलाउने


  • जन संचार
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 2.6K
    Shares

सामाजिक अभियन्ताको पहिचान बनाएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको नेपालका लागि नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा मिसिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय धुम्बाराही काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच संयोजक शाहीसहित उनको अभियान राप्रपामा मिसिएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा फूलमाला लगाएर शाहीलाई स्वागत गरेका थिए।

कार्यक्रममा शाहीले ‘समान विचार र सिद्धान्त भएको पार्टीमा आएको” बताउदै आफुले सुशासनका लागि यही पार्टीबाट अभियान चलाउने दाबी गरे।

समान विचार तथा सिद्धान्त बोकेर हिँडेका शक्तिहरूलाई एक ठाउँमा ल्याउने पार्टीको अभियानका क्रममा शाहीसहित उनको अभियानलाई प्रवेश गराइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

अध्यक्ष लिङ्देनले आफू निर्वाचितपछि राप्रपाको पहिलो बैठकबाट समान विचार र सिद्धान्त बोकेका शक्तिसँग एकता अभियान चलाउने निर्णय गरेका थिए।

प्रतिक्रिया