प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधका बीच आजको प्रतिनिधि सभा बैठकमा सरकारले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गरेको छ।
सरकारका तर्फबाट न्याय कानून तथा संसदीय ब्यबस्था मन्त्री दिलेन्द्र प्रसाद बढुले संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गरिसके पछि पनि एमाले सांसदहरुले नाराबाजी गरिरहे पछि आजको संसद स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका थिए। सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक फागुन ८ गते दिउसो १ बजेलाई बोलाएका छन्।
यस अघि संसद्को कार्यब्यबस्था समिति बैठकले आजको बैठकमा दिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरेको थियो। सरकारले आजको बैठकमा एमसीसी सम्झौता पेश गर्ने कोशिश गरे पनि राजनीतिक सहमति नभए पछि त्यो कार्यसूचीमा नराखिएको प्राप्त समाचारमा जनाइएको छ। यस अघि सत्तारुढ गठबन्धनको बैठकमा पनि एमसीसी बारे सहमति नभएपछी सत्तारुढ गठबन्धनको अर्को बैठक फागुन ८ गते फेरी बस्ने गरी सकिएको छ।