संसद खोलिदिन अनुरोधसहित राती ओलीसंग पत्नीसहित पुगेका देउबालाई ओलीले यस्तो जवाफ दिए

संसद खोलिदिन अनुरोधसहित राती ओलीसंग पत्नीसहित पुगेका देउबालाई ओलीले यस्तो जवाफ दिए


  • जन संचार
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 2.9K
    Shares

आफ्नो गठबन्धनका नेताहरुले एमसीसी सम्झौता संसदमा पेश गर्ने भए संसद्को अवरोध हटाउनु पर्ने शर्त तेर्स्याए पछि प्रधानमन्त्री शेर बहादुर देउबा आफ्नो धर्म पत्नी आरजु राणासहित रातारात प्रमुख प्रतिपक्षी दल बेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे।

ओलीसंग करीब डेढ घण्टा कुराकानी गरेका देउबा दम्पत्तिले ओलीसनग्को कुराकानी बारे मिडियामा केही बोलेका छैनन्। अद्यापि बिहिबार रातीको भेटमा प्रधानमन्त्री देउबाले एमाले अध्यक्ष ओलीग कुनै औपचारिक प्रस्ताब नलयाएको एमाले प्रचार बिभाग प्रमुख बिष्णु रिजालले जानकारी दिए। तर समाचार स्रोत भन्छ,”प्रधानमन्त्री देउबाले ओलीसंग एमसीसी सम्झौता संसदबाट पारित गराउन सहयोग मागेका थिए।

प्रधानमन्त्रीको सवालको जवाफमा एमाले अध्यक्ष ओलीले “तपाईहरुको संसदमा एकसय ६५ सांसद छन्। त्यसैले बहुमत पुग्छ। संसदबाट एमसीसी पारित गर्नुस न” भनेका बताइएको छ। वर्तमान गठबन्धन बाँकी रहुन्जेल आफुहरुले केही गर्न नसक्ने स्पस्ट बताएका एमाले अध्यक्ष ओलीले गठबन्धन तोडेर अघि बढे मात्र आफुले केही सोच्न सक्ने बताएको समाचार स्रोतको दाबी छ। एमाले नेताहरु भने गठबन्धन टुटाउन देउवा सहमत भए बल्ल कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने बताउँछन् ।

एमाले नेताहरुको संवाद भने संसदको अवरोध खुलाउन मात्र सिमित छैन । एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि कांग्रेस नेताहरुले एमाले नेताहरुसँँग सरकारमा साझेदारीदेखि तत्काल चुनाबमा जाने सम्मको तयारी गरेर छलफल गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।

सत्तारूढ गठबन्धनको बैठक आज शुक्रबार बिहान १० बजे फेरि बस्दै छ भने संसद बैठक दिउसो एक बजे बस्दैछ। त्योभन्दा अघि सभामुख अग्नि प्रसाद सापकोटाले संसद्को कार्य ब्यबस्था समिति बैठक बोलाएका छन्। त्यस बैठकले आजको बैठकमा एमसीसी सम्झौता संसदमा प्रस्तुत गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्नेछ। अद्यापि संसद सचिवालयले आजको बैठकमा प्रस्तुत हुने कार्यसूचीका रुपमा जनजाति सम्बन्धि विधेयकलाई अघि सारेको छ।

एमालेले गठबन्धन तोड्न दबाब दिईरहदा प्रधानमन्त्री देउबा भने तत्काल गठबन्धन तोड्ने पक्षमा नरहेको नेपाली कांग्रेस स्रोतले जानकारी दिएको छ। उनी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकसम्म कुर्ने पक्षमा देखिएको बताइएको छ। एकीकृत समाजवादीकोबैटक फागुन ८ गतेदेखि बस्दैछ।

यता सरकार यही फागुन १६ गतेभित्र जसै गरे पनि एमसीसी सम्झौता संसदबाट पारित गराउने पक्षमा देखिएको छ। त्यसका लागि प्रधानमन्त्री देउबाले सरकारका प्रबक्ता मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले नेताहरुसंग निरन्तर सम्पर्कमा रहन भनेका छन्। त्यही क्रममा बिहीबार बिहान कांग्रेस सांसद मीनेन्द्र रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए भने सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले पनि ओलीसँग आजै कुरा गरेका थिए।

प्रतिक्रिया