एमसीसी सम्झौताबिरुद्ध बुधबार नेपाल नेपाल बन्द गरेका छ राजनीतिक दलहरुले शुक्रबार भने संसद भवन नयाँ बानेश्वर काठमाण्डौ अगाडी जनप्रदर्शन कार्यक्रम गर्ने घोषणा गरेका छ।
छ राजनीतिक दलहरुको तर्फबाट आज साँझ जारी संयुक्त बिज्ञप्तिमा शुक्रबार दिउसो १२ बजे माइतीघर मण्डलाबाट बिरोध जुलुश शुरु गर्दै संसद भवन अगाडी पुगेर जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा गरिएको छ। सोही बिज्ञप्तिमा शुक्रबार दिउसो देशैभर संयुक्त जनप्रदर्शन गरिने जानकारी दिइएको छ।
प्राप्त जानकारी अनुसार, बुधबार स्थगित भएको संसद्को बैठक भोलि शुक्रबार हुनेछ र सोही बैठकमा सरकारले राष्ट्रघाती भनिएको एमसीसी सम्झौता अनुमोदनका लागि टेबुल गर्ने तयारी गरिरहेको बताइएको छ।
