प्रधानमन्त्री शेरबहादुर देउवाअमेरिकी सहयोग परियोजना (एमसिसी) पास वा फेल जे भए पनि संसदमा टेबुल गर्न दृढता प्रकट गरेका छन्।
कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षित इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)को बिहिबार’ लोकार्पण गर्दै प्रम देउबाले त्यस्तो दृढता प्रकट गरेका हुन्। अद्यापि उनले कांग्रेसको सर्वसम्मत निर्णयअनुसार आफू एमसिसीलाई पास गर्नमा लागिरहेको बताए।
एमसीसी सम्झौता राष्ट्रकै हितमा भएको दाबी गर्दै प्रम देउबाले “यो परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने” स्पस्ट पारे।