एमालेको नाराबाजीका बीच संसद् बैठक पाँच मिनेट बसेर स्थगित

एमालेको नाराबाजीका बीच संसद् बैठक पाँच मिनेट बसेर स्थगित


  • जन संचार
  • बुधबार, ४ फाल्गुन २०७८
  • 3K
    Shares

प्रतिनिधिसभाको आजको बैठक थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव गर्दैै फागुन ६ गतेसम्मलाई स्थगित भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका थिए । त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै संसद बैठक अवरोधलाई जारी राखेको थिए ।

एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।

आजको बैठकमा एमसीसी टेबल गर्ने भनिए पनि सत्ता गठबन्धनबीच मतएैक्यता नहुँदा गठबन्धनबीच आज पेस नगर्ने सहमति भएको छ ।

बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

अमेरिकी सहायता परियोजना एमसीसी आज पेस हुने भनिएको भएता पनि सत्तारुढ माओवादी केन्द्रको विरोधका कारण कार्यसूचीमै परेन।

प्रतिक्रिया