संसद बैठकको आजको कार्यसूचीमा एमसीसी नराख्ने सभामुख सापकोटाको निर्णय

संसद बैठकको आजको कार्यसूचीमा एमसीसी नराख्ने सभामुख सापकोटाको निर्णय


  • जन संचार
  • बुधबार, ४ फाल्गुन २०७८
  • 2.9K
    Shares

सभामुख अग्निप्रसाद सापकोटा

सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुख सापकोटाले एमसीसीलाई आजको कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् । अब संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन ।

आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री दिलेन्द्र बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले एमसीसीका प्रावधान संशोधन बिना पेश गर्न नहुने अडान राखेका थिए । बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाएका हुन् ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज एमसीसी टेबल नगर्ने सहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सम्भावित कार्यसूचीलाई अनुमोदन गरेको छ ।

एमसीसी सम्झौता अनुमोदनका लागि २०७६ असार ३० गते दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो । तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ । कार्यव्यवस्थाको बैठकमा नेकपा एमाले र जसपाका नेता अनुपस्थित थिए ।

प्रतिक्रिया