एमसीसी सम्झौता संसदबाट पारित गर्ने कांग्रेसको निर्णय : सम्झौता भोलिको बैठकमा टेबुल हुने प्रम देउबाको बिश्वास

एमसीसी सम्झौता संसदबाट पारित गर्ने कांग्रेसको निर्णय : सम्झौता भोलिको बैठकमा टेबुल हुने प्रम देउबाको बिश्वास


  • जन संचार
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 2.5K
    Shares

नेपाली कांग्रेसको संसदीय दलको बैठकले अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदन हुनुपर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले त्यस्तो निर्णय गरेको हो।

नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदन हुनुपर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आजको बैठकले २०७६ साल असार ३० गते प्रतिनिधिसभामा पेस भएको एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावको पक्षमा उभिने निर्णय गरेको जानकारी दिए। एमसीसी सम्झौता अनुमोदन सम्बन्धी प्रस्तावबारे प्रतिपक्षमै हुँदा पनि कांग्रेसले निर्णय लिइसकेको थियो ।

बैठकमा कांग्रेस सांसदहरूले एमसीसीमा केन्द्रित भएर धारणा राखेका थिए । परराष्ट्रमन्त्री डा. नारायण खड्का र पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसीबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गरेका थिए ।

बैठकमा देउबाले राखेको कुरालाई उद्दृत गर्दै महामन्त्री थापाले दिएको जानकारी अनुसार,
आजको बैठकमा नेपाली कांग्रेसको सभापति समेत रहेका प्रम शेर बहादुर देउबाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । बैठकमा देउबाले मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ’ उनले भने ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले यो सम्झौताको पक्षमा अनुमोदन गर्ने बताएका छन् ।

प्रतिक्रिया