महाभियोग दर्ता शृंखला चल्नै लाग्दा एकीकृत समाजवादीका १३ सांसदलाई कारबाही गर्ने मुद्दा सुनुवाइ अगाडि बढाउन आदेश

महाभियोग दर्ता शृंखला चल्नै लाग्दा एकीकृत समाजवादीका १३ सांसदलाई कारबाही गर्ने मुद्दा सुनुवाइ अगाडि बढाउन आदेश


  • जन संचार
  • सोमबार, २ फाल्गुन २०७८
  • 3.4K
    Shares

सर्बोच्च जाँदै ओली

प्रधान न्यायाधिश चोलेन्द्र समशेर राणाबिरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसंगे नेकपा एमालेले पनि काउन्टरका रुपमा सर्बोच्च अदालतकै चार जना न्यायधिशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईबिरुद्ध पनि महाभियोग दर्ता गर्ने तयारीमा लागेको छ। तर संसद अवरोधको मुख्य कारक मानिएको र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बोच्चमा दर्ता गरेको दुई वटा रिटमाथि छिटो पेसी राखी सुनुवाइ अगाडि बढाउन आदेश जारी गरेको छ।

एमाले अध्यक्ष ओलीले सर्बोच्चमा दायर गरेको दुई वटा रिटहरु सर्बोच्च अदालतमा विचाराधीन छन्। आफूले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरी अर्को दल (नेकपा एकीकृत समाजवादी) दर्ताका लागि प्रमाणीकरण गर्न दिएको भन्दै ओलीले निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दिएका छन्।

यस्तै, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दायर गरेको रिट पनि सर्वोच्चमा विचाराधीन छ। दुवै रिटमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि लुम्बिनीका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले आफूलाई कोरोना संक्रमणका जस्ता लक्षण देखिएर आइसोलेसनमा रहेकाले मुद्दाको प्रतिरक्षामा उपस्थित हुन नसक्ने भन्दै पेसी स्थगित गर्न निवेदन दिएका थिए।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको आइतबारको संयुक्त इजलासले ओलीले दायर गरेको रिटको सुनुवाइ यथाशीध्र सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो।

ओलीले दायर गरेको रिट (विवादित विषय) को महत्व र संवेदनशीलताका दृष्टिले छिटो छरितो सुनुवाइ हुन मनासिव देखिएको न्यायाधीश द्वयले जारी गरेको आदेशमा उल्लेख छ।

प्रतिक्रिया