स्थानीय तहको चुनाब घोषणासंगै नेपाल प्रहरीमा काज सरुवा गर्ने प्रबृत्ति : छ एसपीपछि १० डिएसपीको काज सरुवा

स्थानीय तहको चुनाब घोषणासंगै नेपाल प्रहरीमा काज सरुवा गर्ने प्रबृत्ति : छ एसपीपछि १० डिएसपीको काज सरुवा


  • जन संचार
  • सोमबार, २ फाल्गुन २०७८
  • 2.8K
    Shares

स्थानीय तहको चुनाब घोषणा गरेको वर्तमान गठबन्धन सरकार नियमित सरुवाभंदा पनि नेपाल प्रहरीमा काज सरुवा गर्नमा ब्यस्त देखिएको छ। यस अघि छ जना एसपीहरुको काज सरुवा गरेको वर्तमान सरकारले प्रहरी प्रधान कार्यालमार्फत आज फेरी नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक डीएसपीहरुको काज सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले आइतबार १० जना डीएस्पीहरुको साथमा तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुखहरुलाई काज सरुवामार्फत सरुवा गरेको छ।

रसुवामा कुलदिप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङ जिल्ला प्रहरी प्रमुख बन्ने भएका छन्। यस्तै सातदोबाटो वृत्तमा मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरे काज खटिनेछन्।

दाेलखाका डीएसपी भेषराज रिजालकाे अपराध महाशाखामा काज सरूवा भएको छ। यस्तै रामेछापका नवराज ढुङगाना प्रदेश १ प्रहरी कार्यालय मोरङमा काज सरूवा भएको छ।यस्तै रसुवाका देवेन्द्र पाण्डेकाे जगेडा पुलमा काज सरूवा भएको छ।

यस्तै वृत्त चापागाउँका टेकबहादुर कार्की क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल र वृत सातदाेबाटाेका दिनेश घिमिरेलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरूवा गरिएको छ।
यस अघि प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी प्रमुख फेर्न ६ जनाको काज सरुवा गरेको थियो ।

चितवनमा नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगनी र बर्दियामा वीरेन्द्र शाही नयाँ प्रहरी प्रमुखको रुपमा पुगेका छन्।

चितवनमा रहेका ओम अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा रहेका इश्वर कार्कीको प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश आचार्यको अपराध महाशाखामा सरुवा भएको छ।

प्रतिक्रिया