संसदबाट एमसीसी सम्झौता पारित गरिनुपर्ने आवाज चर्को रुपमा उठाइएका बेला संसदमा प्रधान न्यायाधिश चोलेन्द्र समशेर राणाबिरुद्ध महाभियोग प्रस्ताब दर्ता भए पछि त्यस प्रस्तावको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिरोध गरेको छ भने देशको नयाँ राजनीतिक परिस्थितिका बारेमा छलफल गर्ने एमालेले भोलि सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बोलाएको छ।
प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाइएको हो ।
यसैबीच नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको निन्दा गर्दै यस प्रस्ताब अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको टिप्पणी गरेका छन्।
काठमाण्डौस्थित एक संचार माध्यमसंग कुरा गर्दै एमाले अध्यक्ष ओलीले संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल प्रेससँग विशेष कुराकानी गर्दै अध्यक्ष ओलीले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको
अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन हुँडल्ने र रोक्ने षड्यन्त्रको एउटा हुनसक्ने आशंकासमेत गरेका छन् । प्रधानन्यायाधिश राणा बिरुद्धको महाभियोग प्रस्ताब बारे एमाले अध्यक्ष ओलीले , ‘सत्तापक्ष र प्रतिपक्षकाबीचको सम्बन्धको तनाव शीथिल हुँदै गरेका बेला फेरि तनावग्रस्त बनाउने र वातावरण विथोल्ने षड्यन्त्रबाट यो महाअभियोग ल्याइएको छ । यो लोकतन्त्रविरुद्धको धरै गम्भीर कदम हो । अर्को भाषामा भन्ने हो भने गम्भीर षडयन्त्रको प्रकटीकरण हो ।’ अध्यक्ष ओलीले एमाले यस्ता षड्यन्त्रको विपक्षमा रहेको समेत प्रष्ट पारेका छन् ।