भाँच्चियो अरुण नदीको बेलिब्रिज, तीनवटा ट्रक बीच पुलमै फसे

भाँच्चियो अरुण नदीको बेलिब्रिज, तीनवटा ट्रक बीच पुलमै फसे


  • जन संचार
  • आइतबार, १ फाल्गुन २०७८
  • 4.7K
    Shares

तीन वर्ष अघि निर्माण सम्पन्न भएको संखुवासभाको मकालु-५ को नुम र वडा नम्बर(१ वालुङ जोड्ने अरुण नदीमाथिको बेलिब्रिज शनिबार दिउँसो भाँचिएको छ ।

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल तर्नेक्रममा अरुण नदीमाथिको बेलिब्रिज शनिबार दिउँसो भाँचिएको हो । पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको बताइएको छ। चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन् ।

मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको जानकारी दिए । पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा पुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए ।

तीनवटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए । दुईवटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजनास्थल गएका थिए ।

२०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।

प्रतिक्रिया